गाउँघर विशेष देश सुदूरपश्चिम प्रदेश

अब काेल्टीमै राष्ट्रिय परिचय पत्र बन्ने ।

राष्ट्रिय परिचय पत्र सेवाकाे अाजै शुभारम्भः तस्वीर गाउँघर खवर

बाजुरा माघ २१
अब देखि बाजुराको कोल्टीमा रष्ट्रिय परिचयपत्र बनाइने भएकाे छ । बुधवार एक कार्यक्रमको आयोजना गरी बुढीनन्दा नगरपालिको कोल्टीमा राष्ट्रिय परिचयपत्र सेवा केन्द्र स्थापना गरिएको हो ।

सेवा केन्द्र शुरू भए संगै यस अघि जिल्ला सदरमुकाम मार्तडीबाट भै रहेको कार्य अब कोल्टीबाटै हुने भएको हो । कुण्डा क्षेत्रका चारवटै पालिकाको लामो समयदेखिको प्रयासपछि बुढिन्नदा नगरपालिका–कोल्टीमा राष्ट्रिय परिचयपत्र सेवा केन्द्र स्थापना भएकाे बताइएकाे छ ।

काेल्टीमै राष्ट्रिय परिचय पत्र बन्ने भएपछि स्थानिय भने खुसि भएका छन । सरकारले बैंक लगायत विभिन्न सरकारी निकायमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि पछिल्लो समय बाजुराको कुण्डा क्षेत्रका चार पालिकाका स्थानीय लाई समस्या भै रहेको थियो । परिचय पत्र नहुदा सरकारी काम नहुने भए पछि यस क्षेत्रका जनता सदरमुकाम मार्तडी गएर परिचय पत्र बनाउन बाध्य थिए ।

स्थानियकाे बाध्यतालाइ मध्य नजर गर्दै परिचय पत्र सम्वन्धी काम काेल्टी गर्नका लागि पहल गरेकाे बताउदै स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर राेकायाले लामाे समय देखिकाे प्रयास बल्ल सार्थक भएकाे खुसी ब्यक्त गर्नुभयाे । मार्तडी जान अाउनै समय लाग्ने र खर्च पनि बढी हुने भए पछि कतिपयका परिचय पत्र सम्बन्धी काम हालसम्म पनि बन्न नसकेकाे भन्दै उहाँले अबका दिनमा सहज हुने बताउनुभएकाे छ । बाजुराकाे बुढीनन्दा नगरपालिका स्थित काेल्टीमा अाज देखि परिचय पत्र सम्वन्धी सेवाकाे सुभारम्भ समेत गरिएकाे छ । बुढीनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बाेहाेराले उक्त सेवाकाे सुभारम्भ गर्दै परिचय पत्रका लागि सदरमुकाम जानु पर्ने बाध्यता हटे संग बाजुराकाे बिच्छ्या लगायत दुर्गम ठाउका जनतालाइ सहज हुने बताउनुभयाे  ।

काेल्टीमा इलाका प्रशासन संगै नापी र मालपाेत कार्यालय समेत स्थापनाकाे तयारीमा रहेकाले राष्टिय परिचय पत्रकाे कार्य पनि यहि हुदा जनताले एकीकृत सेवा सहज रूपमा पाउने छन ।

छुटाउनुभयो कि ?

गाउँघर विशेष

कैलाली कारागार झडपमा घाइते गोदावरीका भट्टलाई स्काई ट्रकबाट काठमाडौं लगिँदै

अत्तरिया : कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपमा घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं लगिने भएको छ । नेपाली सेनाको
गाउँघर विशेष

पूर्वगृहमन्त्री लामिछाने नख्खु कारागारमा

पाटन, साउन ३१-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ । सहकारी ठगीको अभियोगमा