अन्तराष्ट्रिय समाचार

इजरायली बन्धकलाई मानव ढालको रूपमा प्रयोग नगर्न हमासलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका इजरायली बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग नगर्न हमास समूहलाई चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले हमासले युद्धमा मानिसहरूलाई प्रयोग गरिरहेको भन्दै तीब्र आक्रोश व्यक्त गर्नुभएको अलजजिराले जनाएको छ ।

हिजो सामाजिक सञ्जाल मार्फत उहाँले हमासले गाजाको आक्रमण रोक्नका लागि इजरायली बन्धकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा सारिरहेको भन्दै त्यसो गरे हमाससँगका सबै सर्तहरू समाप्त हुने समेत चेतावनी दिनुभयो । उहाँले सबै बन्धकहरूलाई तत्काल मुक्त गर्न पनि आग्रह गर्नुभएको छ ।

इजरायलले कतारमा हमासका नेताहरूमाथि गरेको आक्रमणपछि ट्रम्पको यो भनाइ आएको हो । यद्यपी अमेरिकी प्रस्तावमा भइरहेको बन्धक मुक्तिको वार्तामा संलग्न नेताहरूमाथि इजरायली आक्रमणको ट्रम्पले विरोध गर्नुभएको छ । आक्रमणमा पाँच जना हमास सदस्य र एक जना कतारी सुरक्षाकर्मीको ज्यान गएको थियो ।

पछिल्ला दिनमा इजरायलले गाजा सिटी खाली गर्न नागरिकहरूलाई बाध्य बनाइरहेको छ । त्यहाँ लगातार विद्यालय, अस्पताल र आवासीय भवनहरू लक्षित आक्रमणहरु भइरहेको छन् । संयुक्त राष्ट्रसंघले गाजामाथिको इजरायली आक्रमणलाई जातीय सफायाकोे संज्ञा दिएको छ ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन