समाचार देश

एमाले विधान महाधिवेशन : पूर्वराष्ट्रपति भण्डारीकाे पक्षबाट चार विषयमा फरक मत दर्ता

काठमाण्डाै – नेकपा (एमाले) को स्थायी समिति सदस्य कर्ण थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे पक्षबाट चार विषयमा फरक मत राख्नुभएको छ । थापाले आज एमाले केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराउनुभएको हो ।

एमाले केन्द्रीय कमिटीको पछिल्लो बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक्ने निर्णय गरेकोमा थापाले त्यसमा फरक मत दर्ता गराउनुभएको हो । भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक्ने एमाले केन्द्रीय कमिटीको निर्णयमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीले पनि फरक मत र अभिव्यक्ति दिँदै आउनुभएको छ ।

एमालेको दोस्रो विधान महाधिवेशन भोलिदेखि ललितपुरको गोदावरीमा शुरू हुँदैछ । विधान महाधिवेशनको तयारी पूरा भएको एमालेले जनाएको छ ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन