समाचार

केही ठाउँमा दिउँसो मध्यम र राति ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – देशका केही ठाउँमा आज दिउँसो मध्यम र राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

मधेश र लुम्बिनी प्रदेशको तराईको केही ठाउँहरुमा हावाहुरी पनि चल्न सक्ने महाशाखाले जनाएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

यतिखेर भने काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ । गएराति कास्की र लमजुङमा ठूलो पानी परेको थियो ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन