जित जङ्ग कटेल
बाजुरा- जिल्लाकाे बुढीनन्दा नगरपालिकाको दानसाँघुमा बुढीनन्दा नगरउपप्रमुख रामबहादुर बोहराद्वारा बेलिवृज पुलको शिलान्यास गरेका छन् । विगत लामो समय देखि कुन्ना कर्णाली करिडरका जनताले दानसाँघुमा पुल नहुदा त्यस क्षेत्रका स्थानीय बासिहरूले धेरै सास्ती भाेग्दै आएका थिए । त्यस क्षेत्रका बासिन्दाले धेरै पैशा तिरेर पनि गाँडी चड्न पाएका थिएन ।
बुढीनन्दा नगरपालिका नगर प्रमुख जनक बोहराको धेरै वर्षको प्रयास पछि आज बुढीनन्दा नगरपालिका उपप्रमुख रामबहादुर बोहराद्वारा बेलिवृज पुलको शिलान्यास गरेका छन् ।नगर प्रमुख जनक बोहराले भन्ने आफु पालिकाको एक महत्त्वपूर्ण कामले गर्दा आफू काठमाडौं भएकाले उपस्थिति हुन नसकेपनि आफ्नो उपप्रमुखद्वारा दानसाँघुमा बेलिवृज निर्माणकाे शिलान्यास गरेका छौं।
अवको दुई तीन महिनामै जंडाङ्गामा २/३ बर्ष देखि प्रयाेग विहीन बेलिबृज दानसाँघुमा स्थानान्तरण भएर बन्ने छ। यसका लागि निरन्तरकाे संघर्षमा साथ दिने सहयोग गर्ने सबै प्रति नगरपालिका र आफ्नो ब्यक्तिगत तर्फबाट हृदयदेखि आभार तथा धन्यवाद ज्ञापन दिन चान्छौँ ।
संगै रजाताेली र दानसाँघुमै पक्की पुलकाे ठेक्का समेत भैसकेको छ । पक्की पुल नबनुन्जेल बेलिबृजले यस क्षेत्रका जनतालाई ठुलाे राहत हुनेछ बताए

