धृष्ट प्रसाद न्यौपाने (रेडियो अपी )
बाजुरा— बाजुराको कोल्टी स्थित कोल्टी आधारभुत अस्पतालमा आज एउटा जटिल अवस्थाकि प्रसुति महिलाको सफल सल्यक्रिया गरिएको छ । बाजुराको स्वामिकार्तिक खापर गाउपालिका वडा नः ५ जेराकि सराना बिकको सल्यक्रिया मार्फत बच्चा निकालिएको कोल्टी आधारभुत अस्पतालका डाः रन्जित साहले जानकारि दिनु भयो ।
बिकको पेटमा रहेको बच्चाले पेटमै दिशा खाएर जोखिम अवस्थामा रहेको र प्रसुतिका लागि दिइएको समय पनि सकिएको अवस्थामा रहेकाले कोल्टी आधारभूत अस्पतालको स्वास्थ्यकर्मीको टोलीले सल्यक्रिया गरेर आमा र बच्चाको ज्यान बचाउन सफल भएको हो ।
पेटमा रहेको बच्चाले दिशा खाएको अवस्थालाई जोखिम र जटिल अवस्था मान्ने गरिन्छ र यस्तो अवस्थामा तुरुन्तै अप्रेसन गर्नुपर्ने हुन्छ । त्यहि अवस्थालाई मध्यनजर गरि उहाको सर्जरी गरेर ज्यान बचाउन सफल भएको स्वास्थ्यकर्मीहरूले बताएका छन ।

