देश

खसीबोका र च्याङ्ग्राको अनलाइन अग्रिम बुकिङ खुला

काठमाण्डाै – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसीबोका र च्याङ्ग्राको अग्रिम बुकिङ खुला गरेको छ । कम्पनीले दशैँका लागि आजदेखि खसीबोका र च्याङ्ग्राको अनलाइनमार्फत बुकिङ खुला गरेको हो ।

ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वेबसाइटमा गई आफूलाई आवश्यक पर्ने खसीबोका र च्याङ्ग्रा बुकिङ गर्न सक्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले बताउनुभएको छ । यसका लागि आफ्नो नाम मोबाइल नम्बर र ठेगानासहित आवश्यक पर्ने खसीबोकाको तौल, सङ्ख्या र अग्रिम मूल्य अनलाइनमा भरेर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

अनलाइन फाराम भरेर तोकिएको अग्रिम रकम बुझाएपछि मात्र बुकिङ मान्य हुनेछ । खसी, बोका तथा च्याङ्ग्रा सङ्कलनको समयमा बुकिङको कोड नम्बर अनिवार्य रूपमा देखाउनुपर्नेछ ।

अग्रिम बुकिङ गर्दा खसीका लागि ४ हजार र च्याङ्ग्राका लागि ५ हजार रुपैयाँ बुझाउनुपर्नेछ । यो अग्रिम शुल्क ईसेवा र खल्तीबाट भुक्तानी गर्नुपर्नेछ । यसरी बुझाएको रकम फिर्ता नहुने कम्पनीले जनाएको छ । बुकिङ गर्दा प्राप्त कोड लिएर खसीबोका लिन जानुपर्नेछ । खसीबोका र च्याङ्ग्राको मूल्य भने तोकिएको छैन ।

खाद्यले यो वर्ष १५ सय खसीबोका र ५ सय च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । अनलाइन बुकिङ बढ्दै गए त्यही अनुसार खसीबोका र च्याङ्ग्रा खरिद बढाइने कम्पनीले जनाएको छ ।

छुटाउनुभयो कि ?

देश

पहिरोका कारण ताप्लेजुङको होक्मा गाउँका ६ घरपरिवार विस्थापित

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका छ घर परिवार पहिरोका कारण विस्थापित भएका छन् । गए रातिको वर्षासँगै पहिरो झरेका
देश

सोलुखुम्बुको थामेमा फेरि बाढी, ५ घर बगायो, विद्युत् र सञ्चार अवरुद्ध

  • २०८२ भाद्र १७, मंगलवार ०६:०५
सोलुखुम्बु — लगातारको वर्षापछि थामे खोलामा आएको बाढीले ५ वटा घर बगाएको छ । गए रातिदेखि निरन्तर आएको बाढीले थामे