अन्तराष्ट्रिय प्रविधि

चीनद्वारा प्रविधि नवप्रवर्तनमा विश्वव्यापी सहकार्यको आह्वान

amar
चीनको गाडी उद्योग समूहले घरेलु र विदेशी गाडी निर्माता कम्पनीहरूलाई प्रविधि नवप्रवर्तन र औद्योगिक शृङ्खलामा सहकार्य बढाउन आग्रह गरेको छ ।

हिजो सार्वजनिक गरिएको विज्ञप्तिमा चीन गाडी निर्माता सङ्घले विश्वभरि सवारी उद्योगको दिगो विकास र प्रविधिको प्रगतिका लागि खुला, न्यायसङ्गत र भेदभावरहित बजार आवश्यक रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सङ्घले विद्युतीकरण र बुद्धिमत्ता आधारित गाडीको विकासमा सहकार्य गर्न जोड दिँदै, हरित, सुरक्षित र गुणस्तरीय उत्पादन सुनिश्चित गर्न आग्रह गरेको छ । साथै, उद्योग समूहले सम्बन्धित निकायहरूद्वारा गरिने छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

यो कदम चीनको वाणिज्य मन्त्रालयले अमेरिकाबाट आयात हुने केही एनालग चिपहरूको मूल्य अनुसन्धान शुरू गरेपछि आएको हो । मन्त्रालयले चीनको चिप उद्योगमाथि अमेरिकी कदमहरू विरुद्ध भेदभाव विरोधी अनुसन्धान पनि शुरू गरेको जनाएको छ ।

छुटाउनुभयो कि ?

प्रविधि भिडियो मनोरञ्जन साहित्य

देशमा खुलेआम हुन्छ विदेशी चलखेल, रोक्ने संयन्त्र बनाउन सधैँ अवरोध

३० साउन, काठमाडौं । ६ वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण मिति सार्वजनिक हुनुअगावै तिब्बती नागरिकहरुको बसोबास रहेको बौद्ध,
अन्तराष्ट्रिय

सुनचाँदीको भाउमा कीर्तिमान, सुन तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ पुग्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ ।