राजनीतिक   समाचार सुदूरपश्चिम प्रदेश

जगन्नाथमा काँग्रेसले गर्‍यो कार्यकर्ता संग भेटघाट,अधिबेशन सहमतिको बाटोमा लिनुपर्ने नेताहरूको जोड ।।

बाजुरा,४ पुस: नेपाली काँग्रेस बाजुराले जगन्नाथ गाउँपालिका नेता तथा कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। काँग्रेस जगन्नाथ गाउँकार्य समितीको आयोजनामा नेता तथा कार्यकर्ताहरुको भेटघाट कार्यक्रम जुड्डिमा गरिएको हो । संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यदिशा तय गर्ने र जनताका समस्या सुन्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको युवा नेता राजन कुमार शाहिले बताएका छन् ।कार्यक्रममा सहभागी काँग्रेस नेताहरूले पार्टीलाई जनताको घरदैलोमा पुर्‍याउन कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनीहरूले पार्टीको नीति, सिद्धान्त र समसामयिक राजनीतिक अवस्थाबारे धारणा राख्दै स्थानीय तहका समस्या समाधानका लागि एकताबद्ध भएर अघि बढ्न सबै शिर्ष स्थानका नेताहरुले आग्रह गरे।
भेटघाट कार्यक्रममा कार्यकर्ताहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारीलगायतका स्थानीय समस्याबारे धारणा राखेका थिए। नागरिकहरुले उठाइएका विषयलाई प्राथमिकताका साथ सम्बन्धित निकायमा पुर्‍याइने र समाधानका लागि पहल गर्ने पुर्व प्रदेश प्रमुख तथा नेपाली काँग्रेसका नेता देबराज जोशीले बताए। उहाँले पार्टीभित्र अनुशासन, पारदर्शिता र जनउत्तरदायी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै संगठन विस्तारका लागि वडास्तरसम्म सक्रियता बढाउनुपर्ने बताए। त्यस्तै पुर्व भुमिसुधार सहायक राज्यमन्त्री जनकराज गिरिले युवाहरू र महिलाको सहभागिता बढाएर पार्टीलाई अझ सशक्त बनाउनु पर्नेमा जोडदिनुभयो। पार्टीलाई एकताबद्ध बनाएर सबै नेताहरु एक ढिक्का हुनुपर्ने उहाँले बताउनु भयो ।

जेनजि आन्दोलन पछि काँग्रेस सुर्धिनुपर्ने बताउदै,युवा नेतृत्वलाई अगाडी सराउनुपर्ने उहाँले धारणा राख्नुभयो । आउँदो अधिबेशनलाई सहमतिका माध्याममा लिनुपर्ने उहाँको भनाई छ। पुर्व पार्टी सभापति कबिराज पण्डित र संविधान सभा सदस्य महाँनेपालीले समेत पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन् । जेनजी आन्दोलन पछि हामी नेताहरु पनि सुर्धिनुपर्ने र हाम्रा कार्यकर्ताहरुले पनि सुर्धिनुपर्ने उहाँहरुले भन्नुभयो । देश शंकटमा परिरहेका बेला जहिलै काँग्रेस अग्रमोर्चामा रहेको बताउनुहुँदै,काँग्रेसले यो देशको परिवर्तन ल्याउने पण्डित र नेपालिले बताउनु भयो। त्यस्तै नेपाली काँग्रेसका नेता चक्र शाह र काँग्रेस सुदुरप्रश्चिम प्रदेश समिति प्रचारप्रसार बिभाग प्रमुख धनराज पण्डितले अब काँग्रेस एकताबद्ध रुपमा नगए,पार्टी धरासएमा पर्ने बताएका छन् ।

काँग्रेस जनता माझ एकताबद्ध भएर गएपछि बाजुरेली जनताले हाम्रो पार्टीको विश्वास मान्ने उहाँहरुले भन्नुभयो । अबको यात्रा काँग्रेस जिल्ला अधिबेशन सहमति,निष्पक्ष,पार्दशिता र जनतामुखी बनाउनुपर्नेमा शाह र पण्डितले जोड दिनुभयो ।त्यस्तै कार्यक्रममा बोल्ने अधिकाश बक्ताहरुले जिल्ला अधिबेशन सहमतिको बाटोमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । काँग्रेस जगन्नाथ गाउँकार्य समितिका सभापति सुन्दर बिष्टको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिती पुर्व प्रदेश प्रमुख देबराज जोशी रहेका थिए ।

त्यस्तै कार्यक्रमका बिशिस्ट अथिती पुर्व भुमिसुधार सहायक राज्यमन्त्री जनकराज गिरि रहेका थिए । त्यस्तै कार्यक्रममा पुर्वपार्टि सभापति कबिराज पण्डित,संविधान सभा सदस्य तथा पुर्व माननीय महाँँनेपाली,नेता चक्र शाह,धनराज पण्डित,नारायण पाध्याय,रनसिह अएडि,राधिका सिंह,सुमन केशी,कमल बुढाको सहभागीता रहेको थियो। त्यसैगरी काँँग्रेस प्रदेश ९ख० का सचीव चक्र जोशी,प्रदेश ९क०का प्रबक्ता कपुर गिरि,तरुण दलका नेता हिरेन्द्र बहादुर रोकाया,नेबिसंघका केन्द्रिय सदस्य दिपक रोकाया,जिल्ला उपसभापति तपेश रावल,बडिमालिका नगरपालिका(७ वडा सदस्य पार्वती जोशी,काँग्रेस स्वामिकार्तीका सभापति महेश कटेल,त्रिवेणिका सभापति सुरेन्द्र गिरि लगायत नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।

 

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन