राजनीतिक   समाचार

जेनजी आन्दोलनका घाइतेलाई भेट्न प्रधानमन्त्री कार्की अस्पतालमा

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्की भदौ २३ र २४ को प्रदर्शनका घाइते भेट्न अस्पतालमा पुग्नुभएको छ । कार्कीले राष्ट्रिय ट्रमा सेन्टर र सिभिल सर्भिस अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको हो ।

दुवै अस्पतालमा भएका भेटका क्रममा प्रधानमन्त्री कार्कीले घाइतेहरुको राम्रोसँग उपचार गर्न चिकित्सकहरुलाई निर्देशन दिनुभएको छ । जेन–जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको सङ्ख्या ५२ जना पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा आगो लगाउँदा आफै जलेर घाइते भएका ४३ वर्षीय विजय तामाङको आज ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५२ जना पुगेको हो । चार सयभन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन