धनगढीमा नेपाली कांग्रेस बैतडी–कैलाली सम्पर्क समितिको पहिलो भेला सम्पन्न भएको छ। भेलाले संगठन विस्तार, विकास र आपसी सहकार्यमा जोड दिँदै १७ सदस्यीय कार्यसमिति गठन गरेको छ।
भेलाका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावलले सहिद दशरथ चन्दको जिल्लाले शिक्षा र संस्कृतिमा अग्रस्थान हासिल गरेको उल्लेख गर्दै बैतडीको विकासका लागि आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रतिबद्धता जनाए। उनले कैलालीमा रहेका बैतडीबासीहरूले कांग्रेसलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

