बिपद दुर्घटना

नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर लाग्दा एक जनाको ज्यान गयो

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर बसमा लाग्दा एक जना यात्रुको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढका लागि छुटेको ग २ ख १८३६ नम्बरको बसमा हिजो बेलुका ढुङ्गाले लागेको थियो ।

इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुलमा सडक माथिबाट ढुङ्गा खसेर लाग्दा बसमा सवार लमजुङको घलेगाउँकी ४६ वर्षीय ऐश्वर्या कामी गम्भीर घाइते भएको र उहाँको उपचारकाक्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो ।

बस र चालकलाई प्रहरीले पक्राउ गरेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीको आग्रह छ ।

छुटाउनुभयो कि ?

बिपद

बर्दियाको ठाकुरबाबाका ३ वडाका ४ वटाभन्दा बढी गाउँ डुबानमा

  • २०८२ भाद्र २७, शुक्रबार ०७:१८
बर्दिया – ठाकुरबाबा नगरपालिकाको तीन वटा वडाका चार वटाभन्दा बढी गाउँ डुबानमा परेका छन् । वडा नम्बर ६, ७ र
दुर्घटना समाचार

अछाममा १३ वर्षीय बालिकामाथि करणी

  • २०८२ आश्विन १, बुधबार १८:३७
अछामको साँफेबगर नगरपालिका–४, जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ उनलाई पक्राउ