स्वास्थ्य

पर्सामा हैजा, बालबालिका र महिला बढी संक्रमित, केही संक्रमितको मिर्गौलामा समस्या देखियो

1200x630

पर्सा — वीरगन्ज–१५, भेडियाही २५ वर्षिया लालमुनी देवीलाई झाडापखालाले सिकिस्त बनाएपछि परिवारजनले बिहीबार साँझ नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्न ल्याए । अस्पतालमा आरडीटी परीक्षणपछि उनमा हैजा संक्रमण रहेको पुष्टि पनि भयो ।

गर्भवती लालमुनीले आइतबार दिउँसो अस्पतालमै छोरी जन्माइन् । पहिलो सन्तान जन्माएकी लालमुनी अहिले अस्पतालको आईसीयू कक्षमै भर्ना छिन् । सुत्केरी आमाले छोरी हेर्न पाएकी छैनन् । नवजात छोरी आमाको दूध चुस्न नपाउँदा मातृ वात्सल्यबाट वञ्चित छिन् । चिकित्सकले सुत्केरी लालमुनीको मिर्गौलामा पनि समस्या रहेको ठहर गरेका छन् ।

इन्तु न चिन्तु भएका सासू लालपरी देवी र ससुरा परमानन्द अहिले आईसीयू कक्षबाहिर नातिनी च्यापेर कुरुवा बसेका छन् । उनीहरू के गर्ने कसो गर्ने भेउ पाउन सकेका छैनन् । ‘हामीले यस्तो बज्रपात आइपर्ला भनि सपनामा पनि चिताएका थिएनौं,’ परमानन्द भन्छन्, ‘एकतिर सुत्केरी बुहारी गम्भीर अवस्थामा आईसीयूमा भर्ना छिन्, अर्कोतिर नवजात नातिनीले आमाको काख पाउन सकेकी छैन ।’

हैजाको इपिसेन्टर मानिएको वीरगन्ज(१३ मुर्लीका ५० वर्षीय नाजिर हुसेन ९परिवारजनको आग्रहमा नाम परिवर्तन० लाई शनिबार राति हैजाका लक्षणसहित अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्न ल्याइएको थियो । हैजा पुष्टि पनि भयो । तर उनको पनि मिर्गौलामा समस्या देखियो । ‘चिकित्सकले डायलसिस गराउनु पर्छ भनेका छन्,’ उनकी पत्नीले भनिन्, ‘ज्यान त जोगाइयो, तर डाक्टरसाबले मिर्गौलामा समस्या भएको छ भन्नु भएको छ, दुई दिनमै हाम्रो जीवनमा नसोचेको घटना भयो ।’

अस्पतालका प्रवक्ता डा। उदयनारायण सिंहले हैजा संक्रमित भई अस्पतालको आईसीयू कक्षमा उपचाररत आधा दर्जन बिरामीमध्ये ३ जनाको मिर्गौलामा पनि समस्या देखिएको बताए । तीमध्ये १ महिला र २ पुरुष हुन् । हैजाका बिरामीलाई मिर्गौलाको समस्या हुने सम्भावना पनि रहने गरेको उनले बताए । ‘जलवियोजनले मिर्गौलामा समस्या हुनसक्छ,’ उनले भने, ‘यसलाई एक्युट किड्नी इन्जुरी भन्छन्, बिरामीले एक–दुई पटक डायलसिस गराएर पछि पनि ठीक हुन सक्छ ।’ यस्ता बिरामीको समस्यालाई तत्काल सम्बोधन नगरे उनीहरुको ज्यानै पनि जान सक्ने डा। सिंहले बताए ।

सोमबार साँझसम्म अस्पतालमा ३७ झाडापखाला र हैजाका बिरामी भर्ना भई उपचाररत रहेका छन् । तीमध्ये ६ आईसीयूमा र १ पीआईसीयूमा भर्ना छन् । बाँकी जनरल वार्डमा छन् ।अस्पतालमा २४ घण्टा यता झाडापखाला र हैजाका २९ नयाँ बिरामी आएका छन् । अस्पतालमा हालसम्म झाडापखालाका १४१ बिरामीको आरडीटी परीक्षण गर्दा ५९ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

बालबालिका र महिला बढी संक्रमित

डा, सिंहले डेढ साताको अवधिमा पछिल्लो केही दिन यता हैजा संक्रमण बढी बालबालिका र महिलामा देखिन थालेको बताए । ‘सुरुमा वयस्क पुरुषमा बढी संक्रमण देखियो,’ उनले भने, ‘तर चार(पाँच दिन यता बालबालिका र महिलामा संक्रमण बढी देखिएको छ ।’ अहिले अस्पतालमा भर्ना भएका तथा नयाँ आउने झाडापखाला र हैजाका बिरामीमध्ये आधाभन्दा बढी बालबालिका र महिला हुने गरेको डा। सिंहले बताए ।

हैजा पुष्टि दर घट्दै

पाँच दिनयता अस्पतालमा आउने बिरामीमा हैजा संक्रमण पुष्टि हुने दर घट्दो क्रममा रहेको डा। सिंहले बताए । ‘भदौ ६ देखि ९ गतेसम्म अस्पतालमा आउने कूल बिरामीमध्ये ५० प्रतिशतमा हैजा संक्रमण पुष्टि हुन्थ्यो,’ उनले भने, ‘भदौ १० यता यो दर १० प्रतिशतमा झरेको छ ।’ बिरामीले अस्पताल आउनु अघि घरमै एन्टीबायोटिक औषधि सेवन गरेको र हैजाको ब्याक्टेरियाको प्रभाव घट्दै गएर पनि यस्तो भएको हुनसक्ने उनले बताए ।

वीरगन्ज महानगरपालिकाले सोमबार साँझ ५ बजे सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार, वीरगन्ज महानगर क्षेत्रमा मात्रै हैजा संक्रमितको संख्या १७५ पुगेको छ । उता पोखरिया अस्पतालमा सम्पर्कमा आएकाहरूमध्ये पनि हैजा संक्रमितको संख्या १५ पुगेको छ । वीरगन्ज र पोखरियामा गरी जिल्लामा अब हैजा संक्रमितको संख्या १९० पुगेको छ ।

वीरगन्जस्थित विभिन्न अस्पतालमा ८७६ झाडापखाला तथा हैजाका बिरामी सम्पर्कमा आएका छन् । तीमध्ये ४४ नयाँ बिरामी हुन् । ८७६ मध्ये ७८६ उपचारपछि घर फर्किसकेका छन् । वीरगन्जमा हैजा संक्रमित १७५ मध्ये १६२ उपचारपछि घर फर्किसकेका छन् । १३ संक्रमित अझै विभिन्न अस्पतालमा उपचाररत छन् । हाल पनि ९० जना झाडापखालाका बिरामी वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत छन् ।

तथ्यांकले नयाँ बिरामी भर्ना हुने दरभन्दा उपचार गरी घर फर्काउने दर समान देखिएपनि नयाँ बिरामी देखिने क्रम नरोकिँदा चिन्ताको विषय बन्दै गएको छ । प्रकोप फैलिन नदिन भन्दै वीरगन्ज महानगरपालिकाले एक साता यता यहाँका सबै शिक्षण संस्थान बन्द गराएको छ ।

हैजाको स्रोत अझै पत्ता लागेको छैन

प्रेस युनियन पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकले वीरगन्जमा फैलिएको झाडापखालाको प्रकोपको स्रोत अझै यकिन भइनसकेको बताए । उनले विज्ञको टोली बोलाएर भएपनि हैजाको स्रोत पत्ता लगाइने दाबी गरे ।

डेढ सातायता वीरगन्जमा फैलिएको हैजाको स्रोत गृह मन्त्रीले नाजवाफ हुनु पर्ने अवस्था रहेको बताए । सरकारीदेखि गैरसरकारी संयन्त्रहरूको लामो प्रयासपछि पनि वीरगन्जमा हैजाको वास्तविक स्रोत अझै यकिन हुन सकेको छैन । सुरुमा अनुमान गरिएजस्तो विभिन्न प्रयोगशालाहरूको नतिजाले वीरगन्ज महानगरमा खानेपानी संस्थान र डिप बोरिङ दुवै पानीमा हैजाको जीवाणु भेटिएन । यस्तो अन्योलको अवस्थामा सर्वसाधारण पनि अन्योलग्रस्त र सशंकित छन् ।

हैजा र झाडापखालाको रोकथाम गर्न सचेतना अभियानदेखि पानीको शुद्धतामा सरोकारवालाले जोड दिँदै आए पनि वीरगन्ज महानगर र पोखरिया नगरपालिकामा हैजा संक्रमण घटनाको साटो दैनिक बढ्दो क्रममा छ ।

अफगानिस्तान भूकम्प, ज्यान गुमाउनेको सङ्ख्या ८ सय नाघ्यो, २ हजार ८ सय जनाभन्दा धेरै घाइते

छुटाउनुभयो कि ?

स्वास्थ्य

रवि लामिछानेलाई भैरहवाबाट नख्खु कारागार लगिँदै, समर्थकहरूको भीड उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भैरहवाबाट काठमाडौं उडेका छन्। बुद्ध एयरको विमानमार्फत उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
स्वास्थ्य

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुग्यो

काठमाण्डौ – पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुगेको छ । भदौ ६ गते शुक्रवार पहिलो पटक ३