अन्तराष्ट्रिय समाचार

‘युक्रेनमा सन् २०२२ यता क्लस्टर बम विस्फोटबाट १ हजार २ सय जनाभन्दा धेरै मारिए वा घाइते भए’

तस्वीर : एजेन्सी
रुसको पूर्ण आक्रमण शुरू भएदेखि युक्रेनमा क्लस्टर बम आक्रमणबाट १ हजार २ सय जनाभन्दा धेरै सर्वसाधारणको ज्यान गएको वा घाइते भएका तथ्य सार्वजनिक भएको छ ।

निगरानी समूह ‘क्लस्टर मुनिसन कोएलिशन’ (सीएमसी) ले आफ्नो वार्षिक प्रतिवेदनमा सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण विस्तार गरेपछि युक्रेन विश्वमै सबैभन्दा धेरै वार्षिक क्लस्टर बम विस्फोट हुने देश बनेको बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०२४ मा विश्वव्यापी ३ सय १४ क्लस्टर बम विस्फोट हुँदा युक्रेनमा यो सङ्ख्या कम्तीमा १ सय ९३ छ । रुसले युद्धको पहिलो दिनदेखि व्यापक रूपमा प्रतिबन्धित हतियार प्रयोग गरेको तथा युक्रेनले पनि प्रतिबन्धित हतियार प्रयोग गरेको र रुसभित्र तैनाथ गरेको आरोप लाग्दै आएको प्रतिवेदनले जनाएको छ ।

क्लस्टर बमहरू हावाबाट खसालिन सक्छन् वा तोपखानाबाट प्रहार गरिन्छन् । ती आकाशमै विस्फोट भई साना बमहरू फराकिलो क्षेत्रमा छर्छन् । धेरै बम तत्काल नफुट्दा वर्षाैंसम्म बारुदी सुरुङ झैँ खतरनाक रहन्छन् ।

सन् २००८ मा क्लस्टर बमको प्रयोग, उत्पादन, भण्डारण र हस्तान्तरण निषेध गर्ने महासन्धि भएको थियो तर १ सय १२ सदस्य राष्ट्रमध्ये यो महासन्धिमा रुस र युक्रेन दुवै सामेल भएका छैनन् ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन