अछाम:राष्ट्रिय प्रतिभा पुरस्कार संस्कृति विधा तर्फबाट देबेन्द्र प्रशाद भट्ट सम्मानित भएका छन् । बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले भट्टलाई सम्मानित गरेका हुन।बि.स२०३९ भाद्र ४ गते तत्कालीन घुघुरकोट गाबिस १ कुमैस्थानमा जन्मिनु भएका भट्टका विभिन्न कृतिहरु प्रकाशित भएका छन।
साहित्य-संस्कृतिका पहरेदार डा. देवेन्द्र प्रसाद भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित हुनु भएको छ । अछामको ऐतिहासिक भूमिमा जन्मिएर सम्पूर्ण सुदूरपश्चिमलाई गौरवान्वित बनाउँदै आउनु भएका डा. देवेन्द्र प्रसाद भट्ट नेपाली साहित्य, संस्कृति, धार्मिक र शिक्षाका एक बहुआयामी प्रतिभा हुनु हुन्छ। २०४० साल साउन १४ गते घुघुरकोट-१, कुमैस्थान अछाममा राधा देवी र हर्ष प्रसाद भट्टको कोखबाट जन्मनु भएका भट्ट हाल सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढीमा नेपाली भाषा तथा साहित्यका प्राध्यापक हुनु हुन्छ। उहाँको शैक्षिक उपलब्धि विद्यावारिधिसम्म पुगेको छ भने शिक्षा क्षेत्रमा दुई दशक भन्दा बढीको समर्पण रहेको छ।

