देश

वर्षाले १३ स्थानमा सडक अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीपहिराका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

पासाङल्हामु राजमार्गको गोसाईकुण्ड गाउँपालिकाको केही खण्ड तथा गल्छी–त्रिशुली–मैलुङ सडक बन्द छन् । ढोरपाटन– सालझण्डी, बेनी– दरवाङ सडक, भेरी काेरिडोर,कर्णाली राजमार्गअन्तर्गत जाजरकोटको छेडागाड र जाजरकोट–डोल्पा सडकखण्ड पनि बन्द छन् । सुरक्षाकर्मी सडक खुलाउन परिचालन भएका छन् । बाढीपहिरोका कारण बन्द भएका देशका विभिन्न भागका आठ सडकमा एकतर्फी सवारी साधन सञ्चालन भएका छन् ।

छुटाउनुभयो कि ?

देश

पहिरोका कारण ताप्लेजुङको होक्मा गाउँका ६ घरपरिवार विस्थापित

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका छ घर परिवार पहिरोका कारण विस्थापित भएका छन् । गए रातिको वर्षासँगै पहिरो झरेका
देश

सोलुखुम्बुको थामेमा फेरि बाढी, ५ घर बगायो, विद्युत् र सञ्चार अवरुद्ध

  • २०८२ भाद्र १७, मंगलवार ०६:०५
सोलुखुम्बु — लगातारको वर्षापछि थामे खोलामा आएको बाढीले ५ वटा घर बगाएको छ । गए रातिदेखि निरन्तर आएको बाढीले थामे