साहित्य

शाङ्घाई शिखर सम्मेलनमा अमेरिकालगायत पश्चिमा देशहरूको आलोचना

काठमाण्डौ – चीनका राष्ट्रपति सी जिनपिङले अरू देशको धम्कीपूर्ण व्यवहारको आलोचना गर्नुभएको छ । चीनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन एसीओको शिखर सम्मेलनको दोस्रो दिन हिजो उहाँले पश्चिमाहरूलाई चुनौती दिने अभिव्यक्ति दिनुभएको बेलायती समाचारसंस्था द गार्डिएनले जनाएको छ ।

यस्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धलाई पश्चिमाले उक्साएको दाबी गर्नुभयो । पुटिनले रूसले गरेको आक्रमणका कारण नभइ बरू युक्रेनमा भएको ‘कू’ लाई पश्चिमाले समर्थन र उक्साएको कारण रूस युक्रेन युद्ध शुरू भएको दाबी गर्नुभयो । उहाँले युक्रेनलाई नाटोमा तान्ने पश्चिमाको निरन्तरको प्रयास नै मुख्य समस्या भएको दाबी गर्नुभयो । यसअघि चिनिया राष्ट्रपति सीले एससीओ सदस्य राष्ट्रहरूलाई शीतयुद्ध मानसिकता, गुटगत प्रतिस्पर्धा र धम्कीपूर्ण व्यवहारको विरोध गर्न आह्वान गर्नुभएको थियो ।

राष्ट्रपति सीले एससीओ सदस्य देशहरूको विशाल बजारलाई प्रयोग गरेर व्यापार र लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले यो वर्ष दुई अर्ब युआन अर्थात् दुई सय ८० मिलियन डलरको निःशुल्क सहयोग र १० अर्ब युआन अर्थात् १.४ अर्ब डलर ऋण उपलब्ध गराउने घोषणा समेत गर्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा ५० प्रतिशत शुल्क लगाउने निर्णय गरेलगत्तै आयोजित यस बैठकलाई चीनले आफ्नो प्रभाव बढाउने अवसरको रूपमा प्रयोग गरिरहेको विश्लेषण गरिएको खबरमा उल्लेख छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सात वर्षपछि पहिलोपटक चीन पुग्नुु भएको छ । हिमाली सीमा विवाद, व्यापार घाटा र पाकिस्तानसँग चीनको नजिकका सम्बन्धका कारण दुई देशबीच लामो समयदेखि तनाव रहे पनि तिआन्जिन बैठकले सम्बन्धमा सुधारको सङ्केत दिएको देखिएको छ ।

विश्लेषकहरूले सम्मेलनपछि पुटिन, सी र उत्तर कोरियाली नेता किम जोङ उनबीच औपचारिक भेटघाट हुने सम्भावनालाई नजिकबाट नियालीरहेका छन् । उत्तर कोरियाली सैनिक युक्रेन युद्धभूमिमा रहेका समाचारबीच यस्तो सम्भावित भेटलाई अमेरिकी रणनीतिक चासोको रूपमा हेरिएको खबरमा उल्लेख छ ।

छुटाउनुभयो कि ?

समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन
प्रविधि भिडियो मनोरञ्जन साहित्य

देशमा खुलेआम हुन्छ विदेशी चलखेल, रोक्ने संयन्त्र बनाउन सधैँ अवरोध

३० साउन, काठमाडौं । ६ वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण मिति सार्वजनिक हुनुअगावै तिब्बती नागरिकहरुको बसोबास रहेको बौद्ध,