समाचार सुदूरपश्चिम प्रदेश

श्री खापर आधारभूत विद्यालयले गर्याे विद्यालय व्यवस्थापन समिति गठन ।।

अमर कठायत
२०८२ पाैष ०१ बाजुरा जिल्लाकाे बुढिनन्दा नगरपालिका वडा नं -८ स्थित श्री खापर आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। उक्त कार्यक्रमका प्रमुख अथिति बुढिनन्दा नगरपालिका वडा नं -८ का वडा अध्यक्ष केशव शाही रहेका थिए भने विशिष्ट अथितिमा श्री सत्य मा.वि पाण्डुसैनका प्र.अ मनरूप बाेहरा र अथितिमा उक्त वडा का वडा सदस्य राजबहादुर कठायत रहेका थिए । विद्यालय परिसरमा सम्पन्न अभिभावक भेलाबाट समितिको गठन गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक कठायत सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक गगन शिह तथा सदस्यहरूमा साेवित रावत, सुर्जा रावत, राधा कठायत लगायत अभिभावक, शिक्षक प्रतिनिधि र वडाका प्रतिनिधि रहेका छन्।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गगन सिहले नयाँ समितिले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास र पारदर्शी व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। समितिले आगामी दिनमा विद्यालयको समग्र विकासका लागि विभिन्न योजना कार्यान्वयन गर्ने जनाएको छ। उक्त गठित व्यवस्थापन समितिका अध्यक्ष जनक कठायतले म यश विद्यालयका महिना दिनमा काम पूरा गर्ने गरेर लाग्ने छु यदि गर्न सकेन भने यस विद्यालयलाई ५०,००० (पचास हजार ) चन्दा दिएर जाने पनि प्रतिबद्धता समेत गरेका छन । उक्त विद्यालयमा प्र.अ सिहले जान्कारी दिनु भएकाे छ ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन