कृषि

सडक बन्द हुँदा बाजुराका किसानलाई स्याउ विक्रिमा चिन्ता ।

लामो समय देखि सडक बन्द हुँद बाजुराका किसानलाई स्याउ विक्रि वितरणमा चिन्ता थपिएको छ । बाजुरामा यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अबरुद्ध हुँदा विक्रि वितरण चिन्ता थपिएको हो । सडक वन्दका कारण किसानले बजारसम्म स्याउ पु¥याउन सकेका छैनन । मार्तडी–कोल्टी सडक खण्ड गत असारदेखि बन्द भएका कारण टिप्ने बेलाको स्याउ बिकाउन सकस हुने स्थानीय बताउछन ।

बुढीनन्दा नगरपालिकाका स्याउ किसान मानबहादुर रावतले भदौ र असोज स्याउ टिप्ने र विक्रि गर्ने सिजन भए पनि अवरुद्ध सडक सञ्चालनमा नआउँदा समस्या भएको बताउनुभयो । पाकेको स्याउ कोल्टी, मार्तडी लगायतका बजारमा विक्रि गर्नु पर्ने भए पनि सडक सहज नहुँदा विक्रि गर्न नपाएको बताउनुभयो । सडक नै अवरुद्ध हुँदा जिल्ला भित्र तथा जिल्ला वाहिरका बजारमा बाजुराको स्याउ पुग्न पाएको छैन । उत्पादन अनुसारको स्याउ बाजुरामा बजारमा नबिक्ने र जिल्ला वाहिर लिन पनि सहज मार्ग नहुँदा स्याउ समयमा विक्रि नहुनेमा किसान चिन्तीत छन ।

स्याउ पाक्ने र विक्रि गर्ने सिजन नै भाद्र देखि असोज कार्तिक सम्म हो त्यो समयमा विक्रि भएन भने भण्डारणका लागि पनि समस्या हुने गरेको छ । अवधिभित्र बिक्री गर्न नसकेमा स्याउ खेर जाने किसान बताउँछन । जिल्लाका बडिमालिका, गौमुल, बुढीगङ्गा र खप्तड छेडेदहमा सानो मात्रामा स्याउ उत्पादन हुने भए पनि स्वामीकार्तिक खापर, जगनाथ र बुढीनन्दा क्षेत्रमा भने व्यावसायिकरूपमा खेती हुन्छ । पछिल्लो समयमा किसानले फुजी, गाला र गोल्डेन जातका स्याउ लगाउन थालेका छन ।

गत आर्थिक वर्षमा बाटो अवरुद्ध भएपछि कृषि ज्ञान केन्द्र बाजुराले खच्चडमार्फत ढुवानीको व्यवस्था गरेको थियो । तर यस वर्ष त्यो सुविधा नभएकाले किसान थप संकटमा परेका छन । हाल बाजुरामा करिब १७० हेक्टर क्षेत्रमा स्याउ खेती हुँदै आएको छ । गत वर्ष एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख जसिराम साहनीले बताउनुभयो । यस वर्ष पनि उत्पादनमा वृद्धि हुने आंकलन गरिए पनि खपतमा समस्या हुने देखिएको बताउनुभयो ।
निरन्तर वर्षाका कारण बाटो खोल्न कठिन भएको भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताउनुभयो । किसानले बाटो सुचारु नभएसम्म स्याउ नष्ट हुने डर व्यक्त गरेका छन ।

छुटाउनुभयो कि ?

कृषि देश

स्याउ आयात बर्सेनि बढ्दो, स्वदेशी उत्पादनमा गुणस्तरको चुनौती

  • २०८२ भाद्र १८, बुधबार १३:२६
सुर्खेत — मधेशबाहेक ६ वटै प्रदेशका हिमाली जिल्लामा स्याउ उत्पादन हुने गरे पनि आयात बर्सेनि बढ्दो छ । आर्थिक वर्ष २०८२/८३
कृषि देश

जालीले छोपेर जङ्गली धानको संरक्षण

  • २०८२ भाद्र १९, बिहीबार ०७:१६
खजुरा, भदौ १९ गते । कीट संरक्षण अभियन्ता पुरमल बस्नेत हिजोआज जम्ने खाल्डा, तलाउ तथा जलीय कुण्डतिर बढी भेटिनुहुन्छ ।