सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनमा सहयोग गर्ने चेम्बरको प्रतिबद्धता

धनगढीः सुदूरपश्चिम प्रदेश कृषि, ऊर्जा, पर्यटन, धर्म, संस्कृतिका दृष्टिकोणले प्रचुर सम्भावना रहेकाले निजी क्षेत्रलाई लगानी गर्न आव्हान गरिएको छ।

नेपाल चेम्बर अफ कमर्सद्वारा आइतवार आयोजित ‘सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि लगानी प्रवद्र्धन गर्ने सन्दर्भमा निजी क्षेत्रको भूमिका विषयक’ छलफलमा व्यवसायीलाई लगानी गर्न आह्वान गरिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी मङ्सिर १ र २ गते धनगढीमा सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन गर्न लागिएको जानकारी दिए।

उनले त्यस क्षेत्रको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गर्दै निजी क्षेत्रलाई लगानीको वातावरण सिर्जना गर्न कानुनी उल्झन समाधान गर्ने र लगानीमैत्री नीति बनाउने प्रतिबद्धता व्यक्त गरे। सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्यहरु रहेकाले त्यहाँ नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

मुख्यमन्त्री शाहले सुदूरपश्चिमका सम्भावनालाई राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा फैलाउन सम्मेलनले सहयोग पु¥याउने विश्वास व्यक्त गरे। उक्त प्रदेशका प्रतिनिधिमण्डल काठमाडौँमा आएर केन्द्रीय सरकार, निजी क्षेत्र, विभिन्न गैरसरकारी निकायसँग छलफल गरिरहेको मुख्यमन्त्री शाहले उल्लेख गरे।

सुदूरपश्चिम प्रदेश योजना आयोगका प्रतिनिधि नृप सुनारले त्यहाँको ऐतिहासिक महत्व, भौगोलिक अवस्थिति, पर्यटकीय सम्भावना र लगानीको वातावरणबारे प्रस्तुतीकरण गरे। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले त्यहाँको आर्थिक तथा सामाजिक विकासका निम्ति देशभरका निजी क्षेत्रका व्यवसायीलाई आग्रह गर्दै सम्मेलनको प्रचारप्रसारका लागि सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

छुटाउनुभयो कि ?

धार्मिक मनोरञ्जन सुदूरपश्चिम प्रदेश

आज गौरापर्वको मुख्य दिन, अठ्यावाली मनाइँदै

काठमाण्डौ – गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवम् दुर्वाष्टमी
सुदूरपश्चिम प्रदेश

महाकाली नदीको कटानले कञ्चनपुरको कुतियाकवर बस्ती जोखिममा

  • २०८२ भाद्र १७, मंगलवार ०९:१०
बैतडीमा उच्च सतर्कता अपनाउन आग्रह महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० को कुतियाकवर बस्ती जोखिममा परेको छ । पूर्वमा महाकाली