अन्तराष्ट्रिय

सुनचाँदीको भाउमा कीर्तिमान, सुन तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ पुग्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ । तोलामा तीन हजार रुपैयाँले बढेर सुनको भाउ आज तोलाको दुई लाख तीन हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ६ सय रुपैयाँ थियो ।

शुक्रवार पनि सुनले नयाँ रेकर्ड बनाएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा एकैदिन ६५ रुपैयाँले बढेर तोलाको दुई हजार चार सय २५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

चाँदीको यो भाउ पनि अहिलेसम्मकै उच्च हो । यसअघि शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार तीन सय ६० रुपैयाँ थियो ।

छुटाउनुभयो कि ?

अन्तराष्ट्रिय

सुनचाँदीको भाउमा कीर्तिमान, सुन तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ पुग्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ ।