धृष्ट प्रसाद न्याैपाने
बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मा आगलागी हुँदा स्थानीय गोविन्द्र कडाराको घर पूर्ण रूपमा नष्ट भएको छ।
आगलागी के कारणले भयो भन्ने विषयमा हालसम्म स्पष्ट जानकारी आउन सकेको छैन। आगलागीपछि घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न तथा अन्य सरसामान जलेर नष्ट भएको स्थानीयले बताएका छन्।
घटनाको जानकारी पाएलगत्तै स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि घर भने पूर्ण रूपमा जलेर नष्ट भएको छ। मानवीय क्षति भने नभएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन भइरहेको सम्बन्धित निकायले जनाएको छ।

