समाचार राजनीतिक   सुदूरपश्चिम प्रदेश

प्रतिनिधी सभाको निर्वाचनका लागि नेपाली काँग्रेस बाजुराकाे छलफल ।।

अमर कठायत
बाजुरा, मंसिर २५ । बाजुरा आगामी फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनका लागि नेपाली काँग्रेस बाजुरामा ६ जनाले प्रत्यक्षमा आकाँक्षा देखाएका छन् । बिहीबार नेपाली काँग्रेस बाजुराले उम्मेदवार बन्न योग्य नेता तथा कार्यकर्ताका लागि आसन गरेको मनोनयनमा ६ जनाले निवेदन दिएका छन ।
नेपाली काङ्ग्रेस बाजुराका पाटी सचिव तिलक पुरीकाले दिएको जानकारी अनुसार पार्टी सभापति रामसिंह रावल, पुर्व पार्टी सभापति कविराज पण्डित, महासमिति सदस्य, जनकराज गिरी, मन बहादुर रावलले निवेदन दिएको बताए । यस्तै प्रतिनिधी सभाका लागि महाधिवेशन प्रतिनिधी गुरुदेव केसी (सुमन), योगेन्द्र रावल र युवा नेता जगतजंग बमले पनि उम्मेदवार बन्नका लागि निवेदन पार्टी कार्यालयमा पेश गरेको सचिव पुरीले बताएका छन् ।
‎प्रतिनिधी सभाको समानुपातिकका लागि काँग्रेस महासमिति सदस्य नेपाली, काँग्रेस केन्द्रीय सदस्य विद्या तिमिल्सेना, नेत्री राधिका सिंह, सुनिता गुरुङ, निर्मला रावल र सुभद्रा पाण्डेले निवेदन दिएका छन । माघ १० गते हुने राष्ट्रिय सभाका लागि भने पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका महान्याधिवक्ता खम्म बहादुर खाती र सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशी लगायतको कुरा चलेको छ। राष्ट्रिय सभाको सदस्यका लागि कुरा भइरहेको भएपनि पार्टीका शिर्ष नेताहरुको छलफलपछि एक जनालाई मात्र सिफारिस गर्ने पार्टी सचिव पुरीको भनाई रहेको छ ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन