समाचार गाउँघर विशेष

स्वामीकार्तिक खापर गाउँपालिकाका ६ वटा बिद्यालयका ७ सय भन्दा बढि विद्यार्थीले पाए शैक्षिक सामग्री तथा न्यानो कपडा ।।

बाजुराको दुर्गम कर्णाली पारीको गाउँपालिका स्वामिकार्तिक खापर गाउँपालिकाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री झोला संगै न्यानो कपडा वितरण गरिएको छ । अत्याधिक जाडो बढेकोले जाडोबाट बच्न थोरै राहत मिलोस् भन्ने उदेश्यका साथ न्यानो ज्याकेट वितरण गरिएको हो हातमा किताब बोकेर विद्यालय जानु पर्ने बाध्यतालार्ई ध्यानमा राखेर विद्यार्थीहरुलाई स्कुल झोला समेत वितरण गरिएको हो । नेपालका साथीहरु नामक संस्था,स्वामिकार्तिक गाउँपालिकाको सहकार्यका साथै नागरिक सेवा सरकार मञ्चको समन्यवयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले जानकारी दिए । उहाँका अनुसार,स्वामीकार्तिक खापर गाउँपालिका काे वडा न० ४ कालिका आ.बि ,कर्णाली आ.बि वडा न० ३ शम्भु शुनन्दा मा. वि वडा न० २ रुपालि आ.बि कालिका आ.बि र रागुमाथा मा.बि गरि ६ वटा बिद्यालय करिब ७ सय भन्दा बढि  बालबालीकाहरुलाई सामाग्री वितरण गरिएको बताएका छन् । सामाग्री वितरणले ससाना बालबालीकाको स्वास्थ्य क्षेत्र संगै अध्ययन अध्यापनमा सहज हुने बताए । जाडोको समय भएकाले चिसोबाट बच्न ज्याकेटले ठुलो राहत मिल्ने अध्यक्ष रोकायाको भनाई छ । विभिन्न बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सामाग्री वितण गर्न पाउँदा निकै खुसी लागेको बताउँदै अध्यक्ष रोकायाले सामाग्री वितरणमा सहयोग पुर्याउने प्रति आभार प्रकट गरेका छन् । स्वामिकार्तिकले विभिन्न सहयोग निकाय संग समन्वय,सहकार्य गरेर पालिका भित्रका विद्यालयमा जाडोको समयमा न्यानो कपडा संगै स्कुल व्याग वितरण गर्दै आएको छ । गाउँपालिकाका अध्यक्ष रोकायाले सम्पुर्ण विद्यार्थीहरुलाई सामाग्री वितरण गरेका हुन्। सामाग्री वितरण कार्यक्रममा नेपाली काँग्रेस गाउँकार्य समिति सभापती महेश कटेल,समाजसेवी जनेश भण्डारी, नेपालका साथीहरु नामक संस्थाकी बेनी हेजु,पत्रकार ,विद्यालयका शिक्षक लगायत अभिभावक र विद्यार्थीहरुको बाग्लाे उपस्थितिमा वितरण गरिएको पत्रकार जित जङ्ग कटेलले जानकारी दिनुभएको छ ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन