बर्दिया – ठाकुरबाबा नगरपालिकाको तीन वटा वडाका चार वटाभन्दा बढी गाउँ डुबानमा परेका छन् । वडा नम्बर ६, ७ र ८ का विभिन्न गाउँका एक सय भन्दा बढी घरमा बाढी पसेको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।
वडा नम्बर ६ को खोकरपुर गाउँ र ७ को गाउँमा हिजो बेलुका बाढी पसेको र वडा नम्बर ८ को गोब्रेला गाउँमा राति बाढी पसेको वडा अध्यक्ष टेक बहादुर बडुवालले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालसहित नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरीको टोली, स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाहरु रातिदेखि नै उद्दारमा खटिएका छन् ।
कति घर डुबानमा परे भन्ने थाहा हुन सकेको छैन । वडा नम्बर ६, ७ र ८ का एक सय भन्दा बढी घरमा बाढी पसेको छ । बाढी पसेका घरका मानिसलाई राति ने सुरक्षित ठाउँमा सारिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।

