आगलागी बिपद समाचार

काेटेश्वर भाटभटेनीमा जलेकाे अवस्थामा एउटा शव फेला

काठमाण्डाै –
काठमाण्डौको कोटेश्वरमा रहेको भाटभटेनीमा जलेको अवस्थामा एउटा शव भेटिएको छ । ‘जेन–जी’ प्रदर्शनका क्रममा आगजनी भएपछि सरसफाइका क्रममा आज शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका एसपी अपीलराज बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार रामेछापको खाडादेवी गाउँपालिका–६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइलीकाे शव भेटिएकाे हाे । शव पूरै डढेको अवस्थामा रहेको र शव नजिकै भेटिएको मोबाइल सिमबाट रसाइलीको पहिचान भएको एसपी बोहोराले बताउनुभयो । उनको परिवारले हराइरहेको बारेमा जानकारी गराएका थिए ।

यसअघि चुच्चेपाटीमा रहेको भाटभटेनीमा जलेको अवस्थामा भेटिएका ६ वटा शवका अस्थिपञ्जरको भने पहिचान भएको छैन । आज भेटिएको शवसहित ‘जेन–जी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ७४ जना पुगेको छ ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन