समाचार सुदूरपश्चिम प्रदेश

स्वर्गीय हिजन भण्डारीको स्मृतिमा आयोजित प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न,

बाजुरा, कार्तिक ७।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ मा स्वर्गीय हिजन भण्डारीको स्मृतिमा आयोजित प्रथम हिजन स्मृति वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
हिजन स्मृति युवा क्लबको आयोजनामा स्वामीकार्तिक खापर गाउँपालिका–२ स्थित राघुमाता माध्यमिक विद्यालयको खेलमैदानमा कार्तिक ६ गतेदेखि सञ्चालन भएको प्रतियोगिता कार्तिक ७ गते सम्पन्न भएको हो।
प्रतियोगितामा विभिन्न स्थानका १४ वटा भलिबल टिमबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटस्थित शुवास स्मृति युवा क्लबले प्रथम स्थान हासिल गर्दै उपाधि जितेको छ। त्यसैगरी आयोजक हिजन स्मृति युवा क्लबले द्वितीय स्थान हासिल गर्दा कालिकोटको पलाता गाउँपालिका–१ स्थित पुलाहा प्रगतिशील युवा क्लबले तृतीय स्थान प्राप्त गरेको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः ७ हजार, ४ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै हिजन स्मृति युवा क्लबका सचिव खमबहादुर बुढाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।
स्वर्गीय हिजन भण्डारीको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, युवाबीच आपसी सद्भाव र भाइचाराको अभिवृद्धि गर्नुका साथै प्रतिभावान् खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकको विश्वास छ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन