समाचार सुदूरपश्चिम प्रदेश

जनतासँग जनप्रतिनिधि अन्तर्गत हिमाली गाउँपालिकाका वडा नं. १, २ र ३ मा सार्वजनिक सुनुवाइ तथा बहस कार्यक्रम सम्पन्न

बाजुरा हिमाली गाउँपालिका अन्तर्गतका वडा नं. १, २ र ३ मा “जनतासँग जनप्रतिनिधि” कार्यक्रम अन्तर्गत सार्वजनिक सुनुवाइ तथा बहस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवाद तथा जवाफदेहिताको अभ्यासलाई थप मजबुत बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा गाउँपालिकाको सम्पूर्ण नेतृत्व टोली, जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजीवी, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मल्लसहित सम्पूर्ण जनप्रतिनिधि टोली प्रत्यक्ष रूपमा जनताको माझ पुगेका थिए। कार्यक्रममा हालसम्म गाउँपालिकाले गरेका विकास निर्माणका काम, सेवा प्रवाह, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, विद्युत्, सञ्चारलगायत विभिन्न क्षेत्रमा भएका उपलब्धिहरू सार्वजनिक गरिएको थियो। साथै कार्यान्वयनका क्रममा देखिएका केही कमी–कमजोरी, चुनौती तथा आगामी दिनमा सञ्चालन गरिने योजनाबारे पनि खुला रूपमा छलफल गरिएको थियो।
जनप्रतिनिधिहरूले स्थानीय सरकार जनताप्रति उत्तरदायी र पारदर्शी हुनुपर्ने मान्यतासहित खुला हिसाब प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले आफ्ना समस्या, सुझाव तथा गुनासाहरू प्रत्यक्ष रूपमा राखेका थिए भने जनप्रतिनिधिहरूले ती विषयमा स्पष्ट धारणा तथा समाधानका प्रतिबद्धता व्यक्त गरेका थिए। यसले जनतासँग प्रत्यक्ष संवाद गर्ने संस्कृतिलाई थप सशक्त बनाउनुका साथै स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ बढाएको सहभागीहरूको भनाइ रहेको थियो।
कार्यक्रमका क्रममा विशेषगरी बिच्छ्या क्षेत्र सडक सञ्जालसँग जोडिनु स्थानीयका लागि ऐतिहासिक उपलब्धिको रूपमा प्रस्तुत गरिएको थियो। वर्षौँदेखि सडक पहुँचबाट टाढा रहेको क्षेत्र अहिले क्रमशः यातायातसँग जोडिन थालेको भन्दै स्थानीयवासीहरूले खुसी व्यक्त गरेका थिए। साथै विद्युत् विस्तार तथा नेटवर्क समस्याको समाधानतर्फ समेत महत्वपूर्ण प्रगति भइरहेको जानकारी कार्यक्रममा दिइएको थियो। दुर्गम भूगोलका कारण लामो समयदेखि आधारभूत सेवाबाट वञ्चित स्थानीय बासिन्दाका लागि यी उपलब्धि आशाको आधार बनेका छन्।
स्थानीयवासीहरूले गाउँपालिकाले विकास निर्माण, सेवा प्रवाह तथा जनताको समस्या समाधानमा देखाएको सक्रियताप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए। अध्यक्ष मल्लसहित सम्पूर्ण जनप्रतिनिधि टोलीले गाउँगाउँमा पुगेर प्रत्यक्ष रूपमा जनताको कुरा सुन्ने अभ्यासलाई स्वागतयोग्य कदमका रूपमा लिइएको थियो। सहभागीहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको समापन गर्दै गाउँपालिका नेतृत्वले जनताको सुझाव र प्रतिक्रियालाई आगामी नीति तथा योजनामा समेटेर अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। जनसहभागिता, खुला बहस, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर सम्पन्न भएको “जनतासँग जनप्रतिनिधि” कार्यक्रम हिमाली गाउँपालिकामा स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन