अन्तराष्ट्रिय

पेरुका पूर्वराष्ट्रपति टोलेडोलाई १३ वर्ष ४ महिनाको जेल सजाय

पेरुको अदालतले पूर्वराष्ट्रपति अलेजान्ड्रो टोलेडोलाई सम्पत्ति शुद्धीकरण अर्थात् ‘मनी लन्ड्रिङ’ मुद्दामा १३ वर्ष ४ महिनाको जेल सजाय सुनाएको छ । सन् २००१ देखि २००६ सम्म राष्ट्रपतिका रहेका ७८ वर्षीय टोलेडोलाई उच्च मूल्यको अचल सम्पत्ति प्राप्त गर्न ब्राजिलको निर्माण कम्पनी ‘ओडेब्रेक्ट’ बाट घुसको पैसा प्रयोग गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको अल जजीराले जनाएको छ ।

अभियोजनकर्ताका अनुसार टोलेडो र उनकी श्रीमतीले राजधानी लिमा नजिकैको अपस्केल घर र कार्यालय किन्न तथा अन्य दुई सम्पत्तिमा धितो तिर्न ५१ लाख डलर प्रयोग गरेका थिए ।

पूर्वराष्ट्रपति टोलेडोलाई भ्रष्टाचार मुद्दामा अदालतले सजाय सुनाएको यो दोस्रो पटक हो । यसअघि सन् २०२४ को अक्टोबरमा अदालतले उनलाई २० वर्ष ६ महिनाको सजाय सुनाएको थियो । पूर्वराष्ट्रपति टोलेडोले दुई सजाय एकैसाथ भोग्ने खबरमा उल्लेख छ ।

राजनीतिक अस्थिरता जारी रहँदा पछिल्ला वर्षहरूमा जेल परेका परेका पाँच पूर्वराष्ट्रपतिहरूमध्ये अलेजान्ड्रो टोलेडो एक हुन् ।

छुटाउनुभयो कि ?

अन्तराष्ट्रिय

सुनचाँदीको भाउमा कीर्तिमान, सुन तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ पुग्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ ।
अन्तराष्ट्रिय

सुनचाँदीको भाउमा कीर्तिमान, सुन तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ पुग्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ ।