अन्तराष्ट्रिय

पोर्चुगलमा रेल दुर्घटना : कम्तीमा १५ जनाको ज्यान गयो, १८ घाइते

पोर्चुगलमा त्यहाँको भाषामा ग्लोरिया भनिने एक पहाडी रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।

पोर्चुगलको आपतकालीन सेवाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ, बाँकी १३ जनाको अवस्था सामान्य छ । घटनास्थलमा फसेका केही व्याक्तिलाई सुरक्षित निकालिएको बीबीसीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

पोर्चुगलको ग्लोरिया पहाडी रेल सन् १८८५ मा उद्घाटन भएको हो र तीन दशकपछि बिजुलीमा रूपान्तरण गरिएको थियो । लिस्बनको हिलो–ढलान सडकमा यात्रा गर्नको लागि यो महत्वपूर्ण यातायात माध्यम हो ।

छुटाउनुभयो कि ?

अन्तराष्ट्रिय

सुनचाँदीको भाउमा कीर्तिमान, सुन तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ पुग्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ ।
अन्तराष्ट्रिय

सुनचाँदीको भाउमा कीर्तिमान, सुन तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ पुग्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ ।