गाउँघर विशेष समाचार साहित्य सुदूरपश्चिम प्रदेश

स्वामीकार्तिक खापर–२ मा बाटोमै सुत्केरी, स्वास्थ्यकर्मीको सक्रियताले आमा र शिशु सुरक्षित

बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. २ मा एक गर्भवती आमालाई अचानक सुत्केरी व्यथा लागेपछि स्वास्थ्य इकाइसम्म पुग्न नसक्दा बीच बाटोमै प्रसूति गराउनु परेको छ। गाउँबाट स्वास्थ्य संस्थातर्फ लैजाँदै गर्दा व्यथा बढेपछि बाटोमै रहेको गाईगोठ नजिकै प्रसूति गराइएको हो।
स्थानीयको सहयोग र स्वास्थ्यकर्मी विष्णा रोकायाको सक्रियतामा ती आमाको सुरक्षित रूपमा प्रसूति गराइएको जनाइएको छ। स्वास्थ्यकर्मी रोकायाले तत्काल अवस्था बुझेर आवश्यक सावधानी अपनाउँदै गाईगोठ छेउमै सुरक्षित रूपमा बच्चा जन्माउन सहयोग गरेकी थिइन्।
समयमै स्वास्थ्यकर्मीको पहल र स्थानीयको सहयोग पुगेपछि आमा र नवजात शिशु दुबै सुरक्षित रहेको जानकारी प्राप्त भएको छ। दुर्गम गाउँमा स्वास्थ्य संस्था टाढा हुनु, यातायातको सुविधा नहुनु तथा आकस्मिक अवस्थामा स्वास्थ्य सेवामा पुग्न कठिनाइ हुने समस्या अझै देखिएको स्थानीयले बताएका छन्।
यस घटनाले ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा अझै सहज रूपमा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको देखाएको छ। कठिन परिस्थितिमा पनि सेवा दिँदै आमा र शिशुको ज्यान बचाउन सफल भएकी स्वास्थ्यकर्मी विष्णा रोकायाको स्थानीयले प्रशंसा गरेका छन्।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन