स्वास्थ्य

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुग्यो

काठमाण्डौ – पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुगेको छ । भदौ ६ गते शुक्रवार पहिलो पटक ३ जनामा हैजा पुष्टि भएकोमा त्यसपछि आज बिहानसम्म १ सय ७५ जनामा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

हैजा पुष्टि भएकामध्ये १ सय ५९ जना वीरगञ्ज महानगरपालिकाका र १६ जना पोखरिया नगरपालिकाका हुन् । यस्तै वीरगञ्ज महानगरपालिकामा अहिलेसम्म झाडापखालाका ८ सय ४ जना बिरामी अस्पताल भर्ना भएका छन् । यसमध्ये ३० जना हिजो बिहान १० बजेपछि थपिएका हुन् ।

८ सय ४ जना झाडापखाला तथा हैजाका बिरामीमध्ये ४७ जना हैजा सङ्क्रमितसहित १ सय ९५ जनाले अझै उपचार गराइरहेका छन् । पोखरियामा हिजो बिहानपछि २ जनासहित अहिलेसम्म झाडापखालाका ३० जना बिरामी अस्पताल भर्ना भएका छन् । उनीहरूमध्ये १६ जनामा हैजा पुष्टि भएको हो ।

सरकारले पर्सामा फैलिएको झाडापखाला र हैजा नियन्त्रण उन्मुख रहेको बताए पनि बिरामी थपिने क्रम हेर्दा अझै अवस्था जटिल देखिन्छ । हैजा समुदायस्तरमै फैलिएको छ । वीरगञ्ज महानगरपालिकाले एक हप्तादेखि सबै शिक्षण संस्था बन्द गरेको छ । खानेपानीको शुद्धता र सरसफाइका लागि तीव्र काम भएका छन् । तर नयाँ बिरामी भेटिने क्रम रोकिएको छैन ।

यस्तै यसअघि शङ्का गरेको खानेपानीमा हैजाको जीवाणु भेटिएन । १० दिन हुँदा पनि हैजाको स्रोत पत्ता लाग्न सकेको छैन । सरकारले नियन्त्रण हुन लाग्यो भन्ने, नयाँ बिरामी भेटिरहने र स्रोत पहिचान नहुने कुराले वीरगञ्जसहित पर्सामा हैजाको चिन्ता बढिरहेको छ ।

छुटाउनुभयो कि ?

स्वास्थ्य

रवि लामिछानेलाई भैरहवाबाट नख्खु कारागार लगिँदै, समर्थकहरूको भीड उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भैरहवाबाट काठमाडौं उडेका छन्। बुद्ध एयरको विमानमार्फत उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
1200x630
स्वास्थ्य

पर्सामा हैजा, बालबालिका र महिला बढी संक्रमित, केही संक्रमितको मिर्गौलामा समस्या देखियो

  • २०८२ भाद्र १७, मंगलवार ०७:१९
पर्सा — वीरगन्ज–१५, भेडियाही २५ वर्षिया लालमुनी देवीलाई झाडापखालाले सिकिस्त बनाएपछि परिवारजनले बिहीबार साँझ नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्न