मनोरञ्जन

नेपाल आइडल सिजन ६ को उपाधि गङ्गा सोनामलाई

काठमाण्डौ – नेपाल आइडल सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गङ्गा सोनामले जितेकी छन् । गएराति भएको अन्तिम प्रतिस्पर्धामा अरू चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । गङ्गाले पुरस्कारस्वरूप उपाधि ट्रफी, २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेकी छन् ।

यस सिजनमा बबिता थापा मगर दोश्रो र दर्शना गान्धारी तेश्रो घोषित भए । थापाले १० लाख रूपैयाँ र गान्धारीले पाँच लाख रूपैयाँसहित उपहार प्राप्त गरेका छन् । यस्तै अभिनय खाति चौथो र मृनल मानन्धरले पाँचौ स्थानको पुरस्कार पाएका छन् । उनीहरू दुवैले एक लाख रूपैयाँ पुरस्कार जितेका छन् ।

दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो । यसअघि नेपाल आइडलमा बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र गएको वर्ष करण परियार विजेता बनेका थिए ।

छुटाउनुभयो कि ?

प्रविधि भिडियो मनोरञ्जन साहित्य

देशमा खुलेआम हुन्छ विदेशी चलखेल, रोक्ने संयन्त्र बनाउन सधैँ अवरोध

३० साउन, काठमाडौं । ६ वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण मिति सार्वजनिक हुनुअगावै तिब्बती नागरिकहरुको बसोबास रहेको बौद्ध,
मनोरञ्जन

गोबिन्दाले अन्य महिलासँग सम्बन्ध राखेको भनेकी सुनिताले बोली फेरिन्, भन्छिन् ‘ऊ केवल मेरो हो’

एजेन्सी । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहुजा तलाकको खबरबीच बुधबार गणेश चतुर्थीको अवसरमा सँगै देखिएका छन्।दुवैले मिडिया