सुदूरपश्चिम प्रदेश

महाकाली नदीको कटानले कञ्चनपुरको कुतियाकवर बस्ती जोखिममा

बैतडीमा उच्च सतर्कता अपनाउन आग्रह

महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० को कुतियाकवर बस्ती जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो ।

स्थानीयबासिन्दाका अनुसार नदीको कटानले त्यहाँ दुई बिघाभन्दा बढी जमिन नदीले बगाएको छ । महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि एक सय ५० परिवार मध्ये एक सय परिवार विस्थापित भएका छन् । त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामेखोलामा अस्ति राति आएको बाढीले पाँच घर पूर्ण रुपमा बगाएको छ । छ वटा घरमा आंशिक क्षति पुर्‍याएको छ । अविरल वर्षाका कारण बस्तीतर्फ मोडिएको बाढीले थामेको बिजुलीको पोलमा क्षति भई विद्युत् प्रसारण र सञ्चार सेवा अवरुद्ध भएको गाउँपालिकाले विज्ञप्ति निकालेर जनाएको छ ।

यस्तै पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सप्तकोसी नदीका ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो ।

यसैबीच लगातार भइरहेको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आकश्मिक अवस्थाबाहेक यात्रामा नगर्न र जोखिम भएका स्थानमा नबस्न जिल्लावासीलाई आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

धार्मिक मनोरञ्जन सुदूरपश्चिम प्रदेश

आज गौरापर्वको मुख्य दिन, अठ्यावाली मनाइँदै

काठमाण्डौ – गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवम् दुर्वाष्टमी
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनमा सहयोग गर्ने चेम्बरको प्रतिबद्धता

  • २०८२ भाद्र १६, सोमबार १२:४३
धनगढीः सुदूरपश्चिम प्रदेश कृषि, ऊर्जा, पर्यटन, धर्म, संस्कृतिका दृष्टिकोणले प्रचुर सम्भावना रहेकाले निजी क्षेत्रलाई लगानी गर्न आव्हान गरिएको छ। नेपाल