देश

चिया श्रमिकले अब दैनिक न्यूनतम ५ सय ६५ रुपैयाँ पाउने

काठमाण्डौ – नेपाल चिया उत्पादक सङ्घ र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक बढाउने सहमति भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ पटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि सङ्गठनहरूबीच मजदुरको न्यूनतम पारिश्रमिक बढाउने सहमति भएको बताउनुभयो ।

नयाँ सहमतिअनुसार चिया श्रमिकले दैनिकतर्फ न्यूनतम पाँच सय ६५ रुपैयाँ पारिश्रमिक पाउनेछन् भने मासिकतर्फ न्यूनतम १५ हजार छ सय ९९ रुपैयाँ पाउने भएका छन् । हरेक दुई वर्षमा पारिश्रमिक बढाउने पुरानो सहमति अनुरूप भएको वार्ताबाट दुवै पक्ष पारिश्रमिक बढाउन सहमत भएका हुन् ।

यसअघि मजदुरले दैनिक पारिश्रमिकतर्फ पाँच सय रुपैयाँ र मासिक पारिश्रमिकतर्फ १३ हजार आठ सय ९३ रुपैयाँ पाउँदै आएका थिए ।

छुटाउनुभयो कि ?

देश

पहिरोका कारण ताप्लेजुङको होक्मा गाउँका ६ घरपरिवार विस्थापित

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका छ घर परिवार पहिरोका कारण विस्थापित भएका छन् । गए रातिको वर्षासँगै पहिरो झरेका
देश

सोलुखुम्बुको थामेमा फेरि बाढी, ५ घर बगायो, विद्युत् र सञ्चार अवरुद्ध

  • २०८२ भाद्र १७, मंगलवार ०६:०५
सोलुखुम्बु — लगातारको वर्षापछि थामे खोलामा आएको बाढीले ५ वटा घर बगाएको छ । गए रातिदेखि निरन्तर आएको बाढीले थामे