देश

कोशीको तराई क्षेत्र र बागमतीको पहाडी एक/दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

देशभरको मौसम आज साधारणतया बदली छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी केही ठाउँ र तराईका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशीको तराई क्षेत्र र बागमतीको पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

गएराति पनि कतै ठूलो पानी परेन । पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकसहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सिन्धुपाल्चोकको चन्द्रकु जलमापन केन्द्रमा पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै १५.६ मिलिमिटर वर्षा मापन भएको छ ।

१० मिलिमिटरभन्दा कमलाई हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम वर्षा भएमा मध्यम वर्षा र ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा मापन भयो भने त्यसलाई ठूलो (भारी) वर्षा भएको भनिन्छ ।

छुटाउनुभयो कि ?

देश

पहिरोका कारण ताप्लेजुङको होक्मा गाउँका ६ घरपरिवार विस्थापित

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका छ घर परिवार पहिरोका कारण विस्थापित भएका छन् । गए रातिको वर्षासँगै पहिरो झरेका
देश

सोलुखुम्बुको थामेमा फेरि बाढी, ५ घर बगायो, विद्युत् र सञ्चार अवरुद्ध

  • २०८२ भाद्र १७, मंगलवार ०६:०५
सोलुखुम्बु — लगातारको वर्षापछि थामे खोलामा आएको बाढीले ५ वटा घर बगाएको छ । गए रातिदेखि निरन्तर आएको बाढीले थामे