देश

२३ वर्ष मुनिको एसियन कप छनोटमा नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित

एएफसी २३ वर्ष मुनिको एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल पहिलो खेलमै पराजित भयो ।

ताजकिस्तानका मुहम्मद अली अजिजबोइभले दुई तथा रहमतजोदा रहमतशो र शरिपोभ डालेरले समान एक गोल गरे । योसँगै समूह ‘के’ मा रहेको ताजकिस्तानले छनोटको सम्भावना बलियो बनाएको छ । नेपाललाई भने यो छनोट कठिन हुने देखिएको छ । खेलको शुरूवाती समयदेखि नै घरेलु टोलीले नेपाललाई दबाबमा राख्यो । पहिलो हाफमा एक गोल गरेको ताजकिस्तानले दोस्रो हाफमा तीन गोल थप्यो ।

अब नेपालले पर्सि शनिवार दोस्रो खेलमा सिरियासँग खेल्नेछ । सिरियाले हिजो भएको आफ्नो पहिलो खेलमा फिलिपिन्सलाई २–१ ले हरायो । नेपाललाई अब छनोटमा पुग्न फराकिलो अन्तर सहित खेल जित्नै पर्ने दबाब छ ।

छुटाउनुभयो कि ?

देश

पहिरोका कारण ताप्लेजुङको होक्मा गाउँका ६ घरपरिवार विस्थापित

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका छ घर परिवार पहिरोका कारण विस्थापित भएका छन् । गए रातिको वर्षासँगै पहिरो झरेका
देश

सोलुखुम्बुको थामेमा फेरि बाढी, ५ घर बगायो, विद्युत् र सञ्चार अवरुद्ध

  • २०८२ भाद्र १७, मंगलवार ०६:०५
सोलुखुम्बु — लगातारको वर्षापछि थामे खोलामा आएको बाढीले ५ वटा घर बगाएको छ । गए रातिदेखि निरन्तर आएको बाढीले थामे