स्वास्थ्य

सुनसरीको झुम्का कारागारमा भाइरल सङ्क्रमण

काठमाण्डौ – सुनसरीको इनरुवामा रहेको झुम्का कारागारमा भाइरल सङ्क्रमण भएको छ । यस बीचमा दीर्घरोघ भएका तीन जना कैदीबन्दीको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षण देखिएपछि उपचारका क्रममा उनीहरुको ज्यान गएको हो । तर बाहिर हल्ला भएजस्तो कारागारमा ठूलै महामारी भने नआएको सुनसरीका डीएसपी योगेश खतिवडाले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार ज्यान गुमाउनेमा ४६ वर्षीय जलेश्वर यादव, ४८ वर्षीय रामदेव उराव र २४ वर्षीय सागर राई छन् । ३/४ दिन अघिदेखि कैदीबन्दीहरुमा भाईरल सङ्क्रमण देखिएको हो । झन्डै एक हजार सात सयको हाराहारीमा कैदीबन्दी रहेको कारागारमा हिजो मात्रै तीन सय ५३ जनाको स्वास्थ्य जाँच भएको छ । स्वास्थ्य जाँच गरिएकामध्ये १३ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

छुटाउनुभयो कि ?

स्वास्थ्य

रवि लामिछानेलाई भैरहवाबाट नख्खु कारागार लगिँदै, समर्थकहरूको भीड उपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भैरहवाबाट काठमाडौं उडेका छन्। बुद्ध एयरको विमानमार्फत उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
स्वास्थ्य

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुग्यो

काठमाण्डौ – पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुगेको छ । भदौ ६ गते शुक्रवार पहिलो पटक ३