साहित्य

कैलालीको लम्कीचुहामा जुत्ताचप्पल गोदाममा आगलागी : ७० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान

कैलाली – कैलालीको लम्कीचुहामा जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट ७० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

लम्कीचुहा नगरपालिका–१ लम्की टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्समा गएराति आगलागी भएको हो । आगो लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा निभाएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताउनुभयो ।

गोदाम कल्पना जैशीले सञ्चालन गर्दै आउनुभएको थियो । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीको भनाइ छ । आगो लाग्नुको कारण खुल्न सकेको छैन ।

छुटाउनुभयो कि ?

समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन
प्रविधि भिडियो मनोरञ्जन साहित्य

देशमा खुलेआम हुन्छ विदेशी चलखेल, रोक्ने संयन्त्र बनाउन सधैँ अवरोध

३० साउन, काठमाडौं । ६ वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण मिति सार्वजनिक हुनुअगावै तिब्बती नागरिकहरुको बसोबास रहेको बौद्ध,