अन्तराष्ट्रिय राजनीतिक   समाचार

अमेरिकाले रुसमाथि थप कडा प्रतिबन्ध लगाउँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगीलाई युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन मस्कोमाथि कडा प्रतिबन्ध लगाउन र रुसी तेल किन्न बन्द गर्न आग्रह गर्नुभएको छ ।

नेटोका सदस्य राष्ट्रहरूलाई लेखेको पत्रमा ट्रम्पले रुसमाथि कडा प्रतिबन्ध लगाउन तयार रहेको र प्रतिबन्धसँगै सबैले रूसबाट तेल खरिद गर्न पूर्णरूपमा बन्द गर्न आवश्यक हुने भनिएको एएफपीले जनाएको छ । ट्रम्पले नेटोको प्रतिबद्धताको कमीको आलोचना गर्दै नेटोको जीत हासिल गर्ने प्रतिबद्धता एक सय प्रतिशतभन्दा निकै कम रहेको बताउनुभएको छ ।

नेटोले चीनमाथि ५० देखि एक सय प्रतिशतसम्म कर लगाउनुपर्ने प्रस्ताव ट्रम्पले गर्नुभएको छ । ट्रम्पको यो प्रस्ताव रुसी तेल आयातको निरन्तरताका कारण भारतीय सामानमा थप २५ प्रतिशत कर लगाएपछि आएको हो ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन