आपत दुर्घटना समाचार

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर १३ जनाको मृत्यु

२३ माघ, बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।

 

सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले जानकारी दिए । ६ जनाको घटनास्थलमै र अन्य ७ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको डीएसपी रायले बताएका अनलाइनखबरल जनाएको छ ।

त्यस्तै, दुर्घटनामा परेर ३० जना घाइते भएका छन् । घाइतेहरूको उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

बस बेहुली लिएर बझाङको सुनकुडातर्फबाट फर्किंदै गर्दा दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन