समाचार

लागुऔषध ओसारपसार विरुद्धको प्रदेशस्तरीय अभियानमा बाजुराका प्रेम नेपाली सम्मानित ।।

धृष्ट प्रसाद न्याैपाने

लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सञ्चालन गरिएको प्रदेशस्तरीय अभियान–२०८२ को अवसरमा बाजुरा जिल्लाका युवा अभियन्ता प्रेम नेपालीलाई जिल्ला स्तरीय उत्कृष्ट युवा पुरस्कार प्रदान गरी सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको प्रदेश युवा परिषदद्वारा आयोजित कार्यक्रममा नेपालीलाई रु. ५ हजार नगदसहित सम्मान–पत्र प्रदान गरिएको हो।प्रदेश युवा परिषदका अनुसार प्रेम नेपालीले बाजुरा जिल्लामा लागुऔषध विरुद्ध जनचेतना फैलाउने, जोखिममा परेका युवालाई सकारात्मक बाटोतर्फ प्रेरित गर्ने तथा विद्यालय र समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आउनुभएकाले उहँलाई योगदानको उच्च मूल्यांकन गर्दै उत्कृष्ट युवा पुरस्कारका लागि छनोट गरिएको जनाएको छ ।

सम्मान कार्यक्रममा बोल्दै आयोजक निकायका प्रतिनिधिहरूले लागुऔषधविरुद्धको अभियानलाई सफल बनाउन युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रेम नेपालीजस्ता सक्रिय युवाबाट समाजले सकारात्मक बाटाे तर्फलिईने विश्वास व्यक्त गरिएकाे छ । सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै प्रेम नेपालीले आफूलाई प्राप्त सम्मानले थप जिम्मेवारी बढाएको बताउनु भयाे । उहाँले “यो सम्मान व्यक्तिगत उपलब्धिभन्दा पनि समाजलाई लागुऔषधमुक्त बनाउन गरिएको सामूहिक प्रयासको कदर रहेकाे बताउनु भयाे । आगामी दिनमा अझ सक्रिय भएर युवालाई सही दिशातर्फ डोर्याउने काममा लागि पर्ने उहाँकाे भनाइ रहेकाे छ ।

”प्रदेश युवा परिषदद्वारा प्रदान गरिएको यो सम्मानले बाजुरा जिल्लामा लागुऔषध ओसारपसार विरुद्धको अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको अभियान्ता प्रेम नेपालीले जानकारी दिनु भएकाे छ ।

 

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन