समाचार

DRF परियोजनाको इनसेप्सन बैठक स्वामीकार्तिक र हिमाली गाउँपालिकामा सम्पन्न।।

बाजुरा – आइ एन एफ नेपाल बाजुरा शाखा र टियरफण्डको साझेदारीमा सञ्चालन हुन लागेको Disaster Risk Financing (DRF) परियोजनाको इनसेप्सन बैठक स्वामीकार्तिक खापर र हिमाली गाउँपालिकामा सफलतापूर्वक सम्पन्न भएको छ।

बैठकमा स्वामीकार्तिक खापर गा.पा. अध्यक्ष भरत रोकाया, हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला वि.क. सहित प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, प्राविधिक कर्मचारी र स्थानीय सरोकारवाला निकायका प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रमको अध्यक्षता आइ एन एफ नेपाल बाजुरा शाखाका परियोजना संयोजक खेम मिश्रले गर्नु भएको थियो।

बैठकको मुख्य उद्देश्य DRF परियोजनाका लक्ष्य, कार्यक्षेत्र, कार्यान्वयन प्रक्रिया, सरोकारवालाको भूमिका र जिम्मेवारीबारे जानकारी प्रदान गर्नु थियो। परियोजनाले विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण, आकस्मिक वित्तीय स्रोत परिचालन र समुदायको प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको थियो।

सहभागीहरूले स्थानीय सरकार, समुदाय र सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए र परियोजनाले लक्षित समुदायसम्म प्रभावकारी रूपमा पुग्नुपर्ने सुझाव दिएका थिए।
आइ एन एफ नेपाल बाजुरा शाखाले विगत १४ वर्षदेखि जिल्लाका विभिन्न पालिकामा विकास, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, लैङ्गिक समानता र वातावरण व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको छ। आयोजक संस्थाले बैठकको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै DRF परियोजनाले स्थानीय तहमा विपद् व्यवस्थापन र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन