गाउँघर विशेष समाचार

कालिकोटको पलाँता गाउँपालिका विकासमा मुहार फेर्दै

कालिकोट — कालिकोट जिल्लाको पलाँता गाउँपालिका पछिल्लो समय विकासका विभिन्न योजनाहरू कार्यान्वयन भएसँगै क्रमशः परिवर्तनको दिशातर्फ अघि बढिरहेको छ। गाउँपालिकामा खानेपानी, सञ्चार, सडक तथा प्रशासनिक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय कामहरू हुँदै गएको देखिन्छ।
गाउँपालिकाको वडा नं. २ मा ४२६ घरधुरीमा “एक घर एक धारा” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। यसका साथै वडा नं. ५, ६, ८ र ९ का धेरै घरधुरीमा पनि एक घर एक धारा योजना पूरा गरिएको छ। वडा नं. १ र ७ मा भने खानेपानी योजना लागू भई हाल निर्माणाधीन अवस्थामा रहेको छ। योजना सम्पन्न भएपछि ती वडाका नागरिकहरूले पनि घरमै स्वच्छ खानेपानीको सुविधा पाउने अपेक्षा गरिएको छ।
सञ्चार सेवाको विस्तारका लागि राडुनेटामा एनटिसी टावर र एनसेल टावर स्थापना गरिएको छ भने वडा नं. ४ भाग्म क्षेत्रमा पनि एनटिसी टावर निर्माण गरिएको छ। यी टावर सञ्चालनमा आएपछि गाउँपालिका भित्रका अधिकांश क्षेत्रमा ४जी सेवा उपलब्ध भएको छ, जसले स्थानीय बासिन्दालाई सञ्चार तथा इन्टरनेट सेवामा सहजता प्रदान गरेको छ।
त्यसैगरी बाजुराको सिमाना राफाडाँडा देखि जुम्लाको सिमाना ओदि सम्म सडक ट्रयाक खोलिएको छ र सञ्चालनमा आएको छ। सडक विस्तार भएपछि गाउँपालिका भित्रका विभिन्न बस्ती तथा छिमेकी जिल्लासँगको आवत–जावत सहज बनेको छ।
गाउँपालिकाको केन्द्र वडा नं. २ रानिविसौना मा स्थापना गरी हाल पालिकाको कार्यालय सञ्चालनमा ल्याइएको छ। साथै पालिकाको प्रशासनिक भवन निर्माणका लागि टेन्डर आह्वान भइसकेको जनाइएको छ। गाउँपालिका भित्र विद्यालय भवन निर्माणदेखि विभिन्न स्थानमा सडक विस्तार तथा स्तरोन्नतिका कामहरू पनि भइरहेको छ।
गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकाया का अनुसार पालिका भित्रका बस्तीहरूलाई सडक सञ्जालसँग जोड्ने काम तीव्र रूपमा अगाडि बढाइएको छ। विशेष गरी सिमानाका क्षेत्रहरू हुँदै बाजुरा लगायतका आसपासका क्षेत्रमा पनि सडकको पहुँच विस्तार गरिएको उहाँले जानकारी दिनुभयो।
स्थानीय तह स्थापना भएपछि योजनाबद्ध रूपमा काम अघि बढाइँदा पलाँता गाउँपालिकामा क्रमशः विकासको मुहार फेरिँदै गएको स्थानीय बासिन्दाहरू भनाइ रहेको छ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन