राजनीतिक   सुदूरपश्चिम प्रदेश

नेपाली कांग्रेस बाजुरा प्रदेश ‘क’ को सभापतिमा महेश कटेल निर्वाचित


बाजुरा — नेपाली कांग्रेस बाजुरा जिल्ला प्रदेश ‘क’ को सभापतिमा महेश कटेल निर्वाचित भएका छन्।
प्रदेश ‘क’ को सभापति पदका लागि भएको निर्वाचनमा कुल ५६० मत खसेको थियो। प्राप्त मतपरिणामअनुसार कटेलले २०० मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी जय अधिकारीले १५८ र छत्र मल्लले १६६ मत प्राप्त गरेका छन्।
कटेल यसअघि नेपाली कांग्रेस स्वामीकार्तिक खापर गाउँपालिकाका पार्टी सभापतिका रूपमा जिम्मेवारीमा रहेका थिए। गाउँपालिका पार्टी सभापतिको जिम्मेवारी सम्हाल्ने क्रममा उनले पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन तथा संगठनलाई मजबुत बनाउन निर्वाह गरेको भूमिकाकै आधारमा प्रदेश सभापतिमा पनि प्रतिनिधिहरूले विश्वास गरेको बताइएको छ।
पार्टीप्रति निष्ठावान, इमानदार र संगठन निर्माणमा सक्रिय नेतृत्वका रूपमा आफ्नो भूमिका अघि बढाउने कटेलले बताएका छन्। आगामी दिनमा सबै नेता तथा कार्यकर्तालाई समेट्दै नेपाली कांग्रेसको संगठनलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउने उनको धारणा रहेको छ।
प्रदेश ‘क’ को सभापतिमा निर्वाचित भएसँगै कटेलले आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सबैको साथ र सहकार्य आवश्यक रहेको बताएका छन्।

छुटाउनुभयो कि ?

धार्मिक मनोरञ्जन सुदूरपश्चिम प्रदेश

आज गौरापर्वको मुख्य दिन, अठ्यावाली मनाइँदै

काठमाण्डौ – गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवम् दुर्वाष्टमी
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनमा सहयोग गर्ने चेम्बरको प्रतिबद्धता

  • २०८२ भाद्र १६, सोमबार १२:४३
धनगढीः सुदूरपश्चिम प्रदेश कृषि, ऊर्जा, पर्यटन, धर्म, संस्कृतिका दृष्टिकोणले प्रचुर सम्भावना रहेकाले निजी क्षेत्रलाई लगानी गर्न आव्हान गरिएको छ। नेपाल