देश

सोलुखुम्बुको थामेमा फेरि बाढी, ५ घर बगायो, विद्युत् र सञ्चार अवरुद्ध

सोलुखुम्बु — लगातारको वर्षापछि थामे खोलामा आएको बाढीले ५ वटा घर बगाएको छ । गए रातिदेखि निरन्तर आएको बाढीले थामे खोला गाउँ पस्दा घरहरू बगाएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा थामे खोलाको बग्ने धार परिवर्तन भई बस्तीमा पसेको बाढीले ५ वटा घर पूर्ण रूपमा बगाएको छ भने अन्य ६ वटा घरमा आंशिक क्षति पुर्‍याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिए ।

बाढीका कारण पोलहरूमा क्षति पुगेकाले सो क्षेत्रको विद्युत् आपूर्ति र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । घटनापछि तत्काल उद्धार तथा राहत कार्यमा स्थानीयवासी, सुरक्षा निकाय र सरोकारवाला निकायहरू परिचालित भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए ।

अहिले पनि लगातार वर्षा भइरहेकाले थप क्षतिको सम्भावना कायमै रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीले बताएका छन् ।

स्थानीयहरूको घर बगाए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । गाउँपालिकाले थामे क्षेत्रका साथै सम्पूर्ण बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

गत वर्ष भदौमा पनि थामेमा आकस्मिक बाढी आउँदा २० भन्दा बढी घर बगाएको थियो । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा एक्कासि बाढी आएको थियो ।

छुटाउनुभयो कि ?

देश

पहिरोका कारण ताप्लेजुङको होक्मा गाउँका ६ घरपरिवार विस्थापित

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका छ घर परिवार पहिरोका कारण विस्थापित भएका छन् । गए रातिको वर्षासँगै पहिरो झरेका
अन्तराष्ट्रिय देश

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

  • २०८२ भाद्र १७, मंगलवार ०६:०८
काठमाण्डौ – साङ्घाई सहयोग सङ्गठन ९एससीओ० शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर