अन्तराष्ट्रिय समाचार सुदूरपश्चिम प्रदेश

रसुवा बाढी प्रभावितका लागि त्रिवेणी नगरपालिकाद्वारा २२ लाखभन्दा बढी सहयोग

बाजुरा : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका लागि त्रिवेणी नगरपालिकाले आर्थिक सहयोग गरेको छ। नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने बताए ।

त्रिवेणी नगरपालिकाका नगर प्रवक्ता एवं वडा नम्बर ३ का वडा अध्यक्ष मीन बहादुर भण्डारीका अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत कार्यमा टेवा पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

यो सहयोग रकम नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरू र नगरपालिकाको विपद् राहत कोषबाट संयुक्त रूपमा सहयोग गरिएकाे प्रवक्ता भण्डारीले जानकारी दिनुभयो। प्राकृतिक विपत्तिको घडीमा प्रभावित नागरिकहरूलाई मलम पट्टी लगाउन र मानवीय सहायता पुर्‍याउन नगरपालिकाले आफ्नो तर्फबाट यो कदम चालेको उहाँले बताउनुभयो।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन