गाउँघर विशेष समाचार स्वास्थ्य

बाजुराको कोल्टीमा पनि ग्यासको अभाव, उपभोक्ता मारमा

बाजुरा — पछिल्लो समय बाजुरा जिल्लाका विभिन्न बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र कोल्टी बजारमा समेत ग्यास नपाउँदा स्थानीय तथा डेरामा बस्ने उपभोक्ता समस्यामा परेका छन्।
ग्यासको नियमित आपूर्ति हुन नसक्दा उपभोक्ताहरू खाली सिलिन्डर बोकेर बिक्री केन्द्रसम्म पुग्ने र ग्यास नपाएर फर्किनुपर्ने अवस्था आएको स्थानीयको गुनासो छ। मागअनुसार आपूर्ति नहुँदा कोल्टी बजारका उपभोक्ताले दैनिक खाना पकाउनसमेत समस्या भोग्नुपरेको बताइएको छ।
गाउँघरमा दाउरा प्रयोग गरेर खाना पकाउने विकल्प भए पनि बजार क्षेत्रमा भने दाउरा सहज रूपमा उपलब्ध नहुँदा समस्या थपिएको स्थानीयको भनाइ छ। “गाउँमा दाउरा प्रयोग गरेर खाना पकाउन सकिन्छ, तर बजारमा दाउरा खोज्न पनि समस्या छ,” एक स्थानीयले बताए।
ग्यासको अभावका कारण विशेषगरी बजारमा डेरा गरी बस्ने विद्यार्थी, कर्मचारी तथा अन्य उपभोक्ता बढी प्रभावित भएका छन्। बाजुराका मार्तडी, कोल्टी, पिलुचौर र बाम्कालगायतका क्षेत्रमा समेत एलपी ग्यासको अभाव देखिएको पछिल्लो रिपोर्टमा उल्लेख छ।
व्यवसायीहरूका अनुसार जिल्लामा मागअनुसार ग्यास आपूर्ति हुन नसक्नुका साथै ढुवानी तथा सडकको अवस्थाले पनि नियमित आपूर्तिमा समस्या पार्ने गरेको छ। ग्यासको अभाव लामो समयसम्म रहँदा उपभोक्तालाई थप समस्या हुने भन्दै तत्काल आपूर्ति सहज बनाउन स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन्।
स्थानीयले ग्यासको वास्तविक मौज्दात, वितरण प्रणाली र आपूर्तिको अवस्थाबारे नियमित अनुगमन गरी कोल्टीलगायत बाजुराका सबै बजार क्षेत्रमा सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन