देश समाचार

बिहानैदेखि चर्को घाम, राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ – आज पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । मौसमविद्हरुले गएराति केही ठाउँमा ठूलो पानी पर्छ भने पनि कतैकतै हल्कादेखि मध्यम वर्षा मात्रै भयो ।

पछिल्लो १२ घण्टामा बैतडीमा ४२ मिलिमिटर र दार्चुलामा २८ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगका केही ठाउँ र तराई भू–भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । अहिले मनसुनको न्यूनचापीय रेखा सरदर ठाउँ भन्दा दक्षिणतिर सरेको महाशाखाको भनाइ छ ।

छुटाउनुभयो कि ?

समाचार

रविलाई आयल निगमको गेटबाट निकालियो, नख्खु कारागार लगिंदै

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ । उनलाई नेपाल
समाचार साहित्य

नख्खु कारागार अगाडि रविको पक्षमा नाराबाजी (तस्वीर)

३१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट काठमाडौं ल्याइँदैछ । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन