सुदूरपश्चिम प्रदेश प्रविधि

टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा

काठमाडौँ — टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गर्दै जीएआरएस ट्रेडिङ कन्सर्नलाई आफ्नो नयाँ आधिकारिक डिलर चयन गरेको छ। यसअन्तर्गत धनगढीस्थित बोराडाँडीमा नयाँ शोरूम उद्घाटन गरिएको हो।

सिप्रदी ट्रेडिङका सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल र जीएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रूपमा मंगलबार शोरूम उद्घाटन गरेका थिए। नयाँ शोरूममार्फत अब धनगढी मात्र नभई सुदूरपश्चिमभरका ग्राहकले टाटा मोटर्सका विद्युतीय मोडल-टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी-सजिलै खरिद गर्न सक्नेछन्।

त्यस्तै, आइसिइ मोडलअन्तर्गत टाटाका टियागो, पंच, नेक्सन र सफारी पनि यस शोरूममार्फत उपलब्ध हुनेछन्। पंचले नेपाली बजारमा सिटी एसयूभीका रूपमा लोकप्रियता पाएको छ भने सफारीले आफ्नो मजबुत बनावट, लक्जरी सुविधा र सुरक्षा विशेषताका कारण विशेष स्थान बनाएको छ।

सिप्रदी ट्रेडिङले ग्राहकलाई गाडी बिक्री मात्र नभई आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो अफ्टर–सेल्स सेवा तथा ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसीलिटी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

‘यो शोरूममार्फत हामी सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडल नजिकबाट अनुभव गर्ने अवसर दिन पाउँदा गर्व महसुस गरेका छौं,’ जीएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले भने ।

सिप्रदी ट्रेडिङको डिलर सेल्स विभागका सिनियर म्यानेजर मेघराज ढुंगेलले धनगढी शोरूमको उद्घाटनले टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको बताए । सोही कार्यक्रममा टाटाको गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण पनि गरिएको कम्पनीले जनाएको छ।

छुटाउनुभयो कि ?

प्रविधि भिडियो मनोरञ्जन साहित्य

देशमा खुलेआम हुन्छ विदेशी चलखेल, रोक्ने संयन्त्र बनाउन सधैँ अवरोध

३० साउन, काठमाडौं । ६ वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण मिति सार्वजनिक हुनुअगावै तिब्बती नागरिकहरुको बसोबास रहेको बौद्ध,
धार्मिक मनोरञ्जन सुदूरपश्चिम प्रदेश

आज गौरापर्वको मुख्य दिन, अठ्यावाली मनाइँदै

काठमाण्डौ – गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवम् दुर्वाष्टमी